२५ माघ २०८२, आइतबार | February 8, 2026

नसर्ने रोगको संक्रमण फैलनु चिन्ताको विषय : स्वास्थ्य मन्त्री सारु



दाङ । लुम्बिनी प्रदेशका स्वास्थ्य मन्त्री खेमबहादुर सारुले नसर्ने तथा दीर्घ रोगीको संख्या थपिँदै गएको प्रति चिन्ता व्यक्त गरेका छन ।

लुम्बिनी प्रदेश सरकार प्रदेश निजामती सेवा दिवस मूल समारोह समिति-२०८२ ले प्रदेश निजामती सेवा दिवसको अवसरमा शुक्रबार राप्ती उपत्यका (देउखुरी) मा आयोजना गरेको रक्तदान कार्यक्रमको उद्घाटन समारोहलाई सम्बोधन गर्दै उनले क्यान्सर, मुटु तथा मृगौला रोगको संख्या अत्यधिक बढ्दै गएको उल्लेख गरे । साथै `मेरो स्वास्थ्य मेरो जिम्मेवारी´ भन्ने मूल मान्यतालाई सबैले अंगाल्नुपर्नेमा जोड दिए ।

प्रदेश सरकारले मृगौला प्रत्यारोपण, मुटुको भल्भ फेर्न र क्यान्सर उपचारका लागि दुई लाख रुपैयाँ उपचार सहयोग गर्दै आएको जानकारी दिँदै मन्त्री सारुले हाल प्रदेशमा उपचार सहयोगका कारण ठूलो आर्थिक भार परेको बताए ।`प्रदेश सरकारले नसर्ने रोगको उपचारमा अनुदान सहयोग गर्दै आएको छ । यसबाट ठूलो आर्थिक भार प्रदेश सरकारले व्यहोर्नु परेको छ´उनले भने-` २०७९/८० मा २ सय २४ जनालाई ९ करोड १८ लाख रुपैयाँ उपचारमा सहयोग गरिएको थियो भने ८१/८२ मा आइपुग्दा ३ हजार ८ सय ५१ जनालाई सहयोग गर्नुपर्यो । १९ करोड उपचार सहयोगमा खर्च भएको छ ।´

स्वास्थ्य मन्त्री सारुले सबैले आफ्नै स्वास्थ्यप्रति सचेत रहनुपर्नेमा जोड दिए । `मेरो स्वास्थ्य, मेरो जिम्मेवारीको दायित्वलाई आत्मसात गर्न जरुरी छ । खानपान, आहार-विहारमा विशेष ध्यान दिन जरुरी छ । खासगरी धेरै हामी नेपालीहरू मानसिक तनावमा छौं´उनले भने-`ब्लड प्रेसर, सुगर, क्यान्सरजस्ता रोगहरू भयावह रूपमा अगाडि बढिरहेका छन् । तीन वर्षको तथ्यांक हेर्दा पनि यी रोग तीन सय प्रतिशतले बढेका देखिन्छन् ।´

प्रमुख सचिव बावुराम अधिकारीको अध्यक्षता तथा स्वास्थ्य मन्त्री सारुको प्रमुख आतिथ्यतामा भएको कार्यक्रममा प्रदेशका सचिव कविन्द्र नेपाल, लिलाधर सुवेदी, मोतिराम सापकोटा, स्वास्थ्य सचिव दुर्गालक्ष्मी श्रेष्ठ, उद्योग, पर्यटन तथा यातायात मन्त्रालयका सचिव नारद गौतमलगायतको उपस्थिति थियो । कार्यक्रममा प्रदेश सरकारका सचिव, मुख्यमन्त्री सचिवालय, विभिन्न मन्त्रालयका कर्मचारी तथा सुरक्षाकर्मीहरूले रक्तदान गरेका थिए ।

नेपाल रेडक्रस सोसाइटी दाङको प्राविधिक सहयोग र स्वास्थ्य मन्त्रालयको समन्वयमा रक्तदान तथा स्वास्थ्य परीक्षण कार्यक्रम सञ्चालन गरिएको थियो ।

प्रकाशित मिति : २० भदौ २०८२, शुक्रबार  २ : ५३ बजे

अण्डाको मूल्यमा भारी गिरावट

चितवन । अण्डाको मूल्यमा भारी गिरावट आएको छ । नेपाल

दुर्गा प्रसाईं हाजिरी जमानीमा रिहा

काठमाडौं । दुर्गा प्रसाईं हाजिरी जमानीमा रिहा भएका छन्। विवादास्पद

सुदुरपश्चिम प्रदेशसभामा नेकपाको समायोजन

धनगढी । सुदूरपश्चिम प्रदेशसभामा साविकको नेकपा (माओवादी केन्द्र), नेकपा (एकीकृत

ऐतिहासिक जित नजिक पुगेर नेपाल इंग्ल्याण्डसँग ४ रनले पराजित

काठमाडौं । आईसीसी पुरुष टी-२० विश्वकप २०२६ अन्तर्गत विश्व च्याम्पियन

कांग्रेस अनुशासन समितिको संयोजकमा गुरुङ

काठमाडौं । नेपाली कांग्रेसले केन्द्रीय सदस्य तारामान गुरुङको संयोजकत्वमा केन्द्रीय