१९ मंसिर २०८२, शुक्रबार | December 5, 2025

हार्ने डरले अर्को दलको चुनाव चिन्हमा भोट हाल्ने प्रवृतिबाट बाहिरिनुपर्छ : गगन थापा



काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री गगन थापाले अब कांग्रेसले चुनाव हार्ने डर वा सत्तामा रहने लोभका कारण गठबन्धन गरेर अर्को दलको चुनाव चिह्नमा भोट हाल्ने प्रवृत्तिबाट बाहिरिनुपर्ने बताएका छन्।

काठमाडौंमा आयोजित एक कार्यक्रममा बोल्दै थापाले यस्तो बताएका हुन् । उनले भने, ‘कांग्रेस डर र लोभबाट मुक्त हुनुपर्छ। सरकारमा हुनु वा नहुनु भन्दा ठूलो कुरा होइन। हार्ने डरले गठबन्धन गर्नुपर्ने वा अर्काको चुनाव चिह्नमा भोट हाल्नुपर्ने सहमतिबाट पार्टीले अब बाहिर आउनैपर्छ।’

महामन्त्री थापाले कुनै पनि पार्टीलाई होइन, तर त्यसमा आबद्ध व्यक्तिहरूको गल्तीलाई जिम्मेवार मान्नुपर्ने प्रष्ट पारे। उनका अनुसार, ूपार्टी स्थापनाकालदेखि नै राष्ट्रिय पार्टी हो, त्यसैले पार्टीले गल्ती गर्दैन, गल्ती गर्ने व्यक्तिले मात्रै त्यसको परिणाम भोग्नुपर्छ।ू

थापाले कांग्रेसभित्र शुद्धीकरण अपरिहार्य रहेको उल्लेख गर्दै बिपी कोइरालाको विचार र सिद्धान्त आज पनि उत्तिकै सान्दर्भिक रहेको बताए। उनले पार्टी र नेताहरूले बिपीका सिद्धान्तअनुसार अघि बढ्नुपर्नेमा जोड दिए।

 

प्रकाशित मिति : २१ भदौ २०८२, शनिबार  ५ : २९ बजे

आयोगद्वारा निर्वाचनमा समावेशिता र सुशासन सुनिश्चित गर्न दललाई निर्देशन

काठमाडौँ । निर्वाचन आयोगले आगामी माघ ११ गते हुने राष्ट्रियसभा

विदेशमा रहेका नेपालीको मताधिकार सुनिश्चित गर्न माग

काठमाडौँ । उज्यालो नेपाल पार्टीले विदेश तथा आफ्नो निर्वाचन क्षेत्र

जनकपुरलाई चार विकेटले हराउँदै लुम्बिनी लायन्स एनपीएलको प्लेअफमा प्रवेश

काठमाडौं । साविक विजेता जनकपुर बोल्ट्सलाई चार विकेटले हराउँदै लुम्बिनी

चौधौँ एभरेष्ट अन्तरविद्यालय वादविवादको उपाधि बुद्ध पब्लिककी अनुस्काले जितिन्

बुटवल । रुपन्देहीको बुटवलमा भएको जिल्लास्तरीय चौधौँ एभरेष्ट अन्तरविद्यालय वादविवाद

प्रधानमन्त्री कार्कीको आह्वानमा आज सर्वपक्षीय बैठक बस्दै

काठमाडौँ । प्रधानमन्त्री सुशीला कार्कीबाट आह्वान भएको सर्वपक्षीय बैठक आज