७ आश्विन २०८३, बुधबार | September 23, 2026

एमाले विधान महाधिवेशनमा समूहगत छलफल प्रतिवेदन आज प्रस्तुत, आजै औपचारिक समापन हुने



काठमाडौं । नेकपा (एमाले)को दोस्रो विधान महाधिवेशनमा प्रस्तुत विभिन्न प्रतिवेदनमाथि शनिबार भएको समूहगत छलफलको निष्कर्ष आज (आइतबार) प्रस्तुत हुँदैछ । शनिबार अध्यक्ष केपी शर्मा ओलीको निर्देशनअनुसार १० वटा समूहमा विभाजन गरी छलफल गरिए पनि प्रतिवेदनहरू भने आज बिहान ८ बजे महाधिवेशन हलमा पेस गरिँदैछन् ।

एमाले स्थायी कमिटी सदस्य शेरबहादुर तामाङका अनुसार, समूह नेताहरूले प्रतिवेदन प्रस्तुत गरेपछि स्पष्टीकरण दिनेछन् र त्यसपछि महाधिवेशनले अन्तिम निर्णय लिनेछ । विधान महाधिवेशन आजै समापन गर्ने तयारी गरिएको छ ।

समूह छलफलका लागि पार्टीले प्रदेश संरचना, उपत्यका विशेष संरचना र केन्द्रीय निकायलाई आधार मान्दै १० समूह बनाएको थियो । ती समूहहरूले शनिबारै आ-आफ्नो छलफल सकेका थिए ।

शनिबार अध्यक्ष ओलीले पेस गरेको राजनीतिक प्रतिवेदन, उपाध्यक्ष विष्णुप्रसाद पौडेलको विधान संशोधन प्रस्ताव, महासचिव शंकर पोखरेलको संगठनात्मक प्रतिवेदनलगायतमा समूहगत बहस भएको थियो । त्यस्तै, निर्वाचन आयोग संयोजक डा. विजय सुब्बा, लेखा आयोग संयोजक डा. पुष्प कँडेल, अनुशासन आयोग संयोजक केशव बडाल र सल्लाहकार परिषद्का संयोजक अमृत बोहोराले आ-आफ्ना प्रतिवेदन पनि महाधिवेशनमा पेस गरेका थिए ।

प्रतिनिधिहरूले प्रस्तुत प्रतिवेदनहरूलाई समयानुकूल रहेको भन्दै बहसमा समर्थन जनाएका छन् । राजनीतिक, सांगठनिक, विधान संशोधन र विभिन्न आयोगका प्रतिवेदनमाथि भएको छलफललाई औपचारिक निर्णयमा परिणत गर्ने उद्देश्यले समूहगत छलफल गरिएको हो ।

तर, महाधिवेशनको दोस्रो दिन केही मतभेद पनि प्रकट भएका थिए । स्थायी कमिटी सदस्य कर्ण थापाले पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीको सदस्यता रोक्ने निर्णयलगायत विषयमा असहमति जनाउँदै ३२ पृष्ठ लामो फरक मत पेस गर्ने तयारी गरेका थिए । उनी मञ्चअगाडि उभिएर फरक मत प्रस्तुत गर्न खोजे पनि अध्यक्ष ओलीले उनलाई समूहगत छलफलमै राख्न सुझाव दिएका थिए ।

यसैबीच, विधान महाधिवेशन आज प्रतिवेदन प्रस्तुत तथा बहसको निष्कर्षसहित औपचारिक समापन हुने एमालेले जनाएको छ ।

प्रकाशित मिति : २२ भदौ २०८२, आइतबार  ८ : १४ बजे

फ्लाई दुबईको पोखरा–दुबई रुटमा उडान सुरु

पोखरा । फ्लाई दुबईले आजदेखि सुरू गरेको दुबई–पोखरा–दुबई नियमित व्यावसायिक

कान्ति राजमार्ग र भैँसे-भीमफेदी-कुलेखानी सडकमा राति सवारी सञ्चालन रोक

हेटौँडा । भारी वर्षाका कारण बाढी तथा पहिरोको जोखिम बढ्न

मदन भण्डारी कप अन्तर्राष्ट्रिय आमन्त्रित पुरुष भलिबल असोज १२ देखि बुटवलमा हुने

मदन भण्डारी कप अन्तर्राष्ट्रिय आमन्त्रित पुरुष भलिबल असोज १२ देखि

३६ दशमलव २५ अङ्कले घट्यो नेप्से परिसूचक

काठमाडौं । धितोपत्र बजारमा सेयर कारोबार मापक नेप्से परिसूचक आज

प्रधानमन्त्री बालेन्द्रको आग्रह – तीन दिन भारी वर्षाको सम्भावना छ सर्तक बन्नुहोला

काठमाडौं । प्रधानमन्त्री बालेन्द्र शाहले असोज ९ गते शुक्रबारदेखि ११