काठमाडौं । भ्रष्ट्राचार र सामाजिक सञ्जालमाथिको प्रतिबन्धविरुद्ध प्रदर्शनमा उत्रिएका जेन(जी युवाहरूले बानेश्वरमा निषेधित क्षेत्र तोडेका छन् ।
प्रहरीले निषेधित क्षेत्रमा राखेको ब्यारीकेड तोड्दै उनीहरु संसद भवनभित्र छिर्न खोजेपछि प्रहरीसँग झडप भएको छ । स्थिती नियन्त्रणमा लिन प्रहरीले पानीको फोहरा र अश्रुग्याँस प्रहार गरेको छ। यस क्रममा प्रदर्शनकारी र प्रहरीबीच घम्साघम्सी समेत भएको छ। प्रहरीले माइकिङ गर्दै प्रदर्शनकारीलाई रोक्न प्रयास गरेको थियो । तर, त्यसपछि पनि नमानेपछि भिड तितरवितर पार्ने प्रयास गर्दै पानीको फोहोरा र अश्रुग्याँस प्रहार गरेको हो । यद्दपी प्रदर्शनकारी पछि हटेका छैनन् ।
प्रदर्शनकारीहरूले प्रहरीलाई कागज, रुखका हाँगाका टुक्रा र पानीका बोतल प्रहार गरेको थिए ।
सरकार र प्रधानमन्त्री केपी शर्मा ओलीविरुद्ध प्रदर्शनकारी युवाले चर्को नाराबाजी गरेका छन् ।


















प्रतिक्रिया