काठमाडौं । जेनजी युवाहरुको प्रदर्शन उग्रबन्दै गएपछि जिल्ला प्रशासन कार्यालय काठमाडौंले कर्फ्यु आदेश जारी गरेको छ ।
काठमाडौंका प्रमुख जिल्ला अधिकारीले कर्फ्यु आदेश जारी गरेका हुन्।
जेनजी प्रदर्शनकारीले बानेश्नरमा निषेधित क्षेत्र तोडेर संघीय संसद् भवन प्रवेश गरेका थिए । उनीहरुलाई रोक्न प्रहरीले पानीको फोहोरा र अश्रुग्याँस प्रहार गरेको थियो । तर, प्रदर्शनकारी नरोकिएपछि स्थितिलाई नियन्त्रणमा लिन कर्फ्यु आदेश जारी गरिएको हो । उनीहरुलाई रोक्न प्रहरीले रबरका गोली समेत प्रहार गरेको छ ।
जिल्ला प्रशासनले जारी गरेको विज्ञप्तिका अनुसार १२स्३० बजेदेखि राति १० बजेसम्मका लागि कर्फ्यु आदेश जारी भएको छ ।



















प्रतिक्रिया