काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले जेन–जी पुस्ताको प्रदर्शनका क्रममा भएको दुःखद घटनाले स्तब्ध र गम्भीर बनाएको जनाएका छन् । अध्यक्ष प्रचण्डले प्रहरीको गोली लागेर मृत्यु भएका युवाप्रति हार्दिक श्रद्धाञ्जली अर्पण गर्दै घाइतेहरूको शिघ्र स्वास्थलाभको कामना गरेका छन् ।
उनले जेन–जीले उठाएका सामाजिक सञ्जालमाथिको प्रतिबन्ध हटाउने र भ्रष्टाचारविरुद्धका मागहरूलाई तत्काल सम्बोधन गर्न माग पनि गरेका छन् । स्थिति थप बिग्रिन नदिन सरकारले जिम्मेवारीपूर्वक ठोस कदम प्रचण्डले आग्रह गरेका छन् ।
जेन जीको प्रदर्शनका क्रममा नयाँ बानेश्वर क्षेत्रमा प्रहरीले चलाएको गोली लागेर एकजानाको मृत्यु भएको छ भने ७० जना बढी घाइते भएका छन् । घाइतेहरुको मिनभवन स्थित सिभिल अस्पताल सहित त्यसआसपासका अस्पतालहरुमा उपचार भईरहेको छ ।


















प्रतिक्रिया