काठमाडौं । जेनजी पुस्ताको प्रदर्शन प्रहरी नियन्त्रणबाहिर गएपछि नेपाली सेना बख्तरबन्द गाडी र हतियारसहित बानेश्वरको सडकमा उतारिएको छ ।
काठमाडौं जिल्ला प्रशासन कार्यालयले सुरक्षाका कारण बानेश्वर, माइतीघर, सिंहदरबार, नारायणहिटी र शीतल निवासलगायतका क्षेत्रमा कर्फ्यु आदेश जारी गरेको छ ।
प्रदर्शन नियन्त्रणमा लिन प्रहरीले रबरको गोली र अश्रुग्यास प्रयोग गरिरहेको छ । तर पनि प्रदर्शन अझै नियन्त्रणमा आउन सकेको छैन ।
प्रहरी र प्रदर्शनकारीबीचको झडपका कारण हालसम्म सयौं प्रदर्शनकारी घाइते भएका छन् । घाइतेहरूको उपचार राजधानीका विभिन्न अस्पतालमा भइरहेको छ ।



















प्रतिक्रिया