८ चैत्र २०८२, आइतबार | March 23, 2026

बानेश्वरमा जेनजीको प्रदर्शन हिंसात्मक बन्दै, दुईको मृत्यु, सयौँ घाइते



काठमाडौं । सामाजिक सञ्जाल बन्द र शासकीय अव्यवस्थाविरुद्ध जेनजी युवाहरूले थालेको प्रदर्शन हिंसात्मक बनेको छ । अहिलेसम्म दुई जनाको मृत्यु भइसकेको छ ।

राजधानीस्थित निजामती अस्पतालमा प्रहरीको गोली लागेर एक जनाको मृत्यु भएको छ भने त्यहाँ करिब एक सयभन्दा बढी घाइते उपचाररत छन् । त्यस्तै, वीर अस्पतालको ट्रमा सेन्टरमा करिब ३० जना घाइतेको उपचार भइरहेको छ, जसमा केहीको अवस्था गम्भीर छ ।

प्रहरीको गोली लागेर घाइते भएपछि प्रदर्शनकारी आक्रोशित बनेका छन् । बानेश्वर क्षेत्रमा प्रहरीले अन्धाधुन्ध अश्रुग्यास प्रहार गरेको छ। दमनपछि सो क्षेत्र तनावग्रस्त बनेको छ ।

स्थिति नियन्त्रणमा लिन काठमाडौं जिल्ला प्रशासन कार्यालयले कर्फ्यू आदेश जारी गरेको छ । मध्यान्ह १२ बजेदेखि राति १० बजेसम्मका लागि बानेश्वर, सिंहदरबार र राष्ट्रपति निवास आसपासका क्षेत्रमा कर्फ्यू लगाइएको हो ।

तर, कर्फ्यूको अवज्ञा गर्दै युवाहरूले प्रदर्शन जारी राखेपछि प्रहरीले थप बल प्रयोग गरेको छ ।

प्रकाशित मिति : २३ भदौ २०८२, सोमबार  २ : ४९ बजे

ज्येष्ठ सदस्य केसीले राष्ट्रपति समक्ष शपथ लिने

काठमाडौंँ । प्रतिनिधिसभाका ज्येष्ठ सदस्य अर्जुननरसिंह केसीले राष्ट्रपति रामचन्द्र पौडेल

प्रधानमन्त्री कार्की र रास्वपा सभापति लामिछानेबीच भेट

काठमाडौँ । प्रधानमन्त्री सुशीला कार्कीसँग राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति

नाइट फुटबलको उपाधि ब्रोदर्स एफसीलाई

खजुरा । बाँकेको खजुरामा सम्पन्न नाइट फुटबलको उपाधि आयोजक टिम

चालीस हजार स्थायी शिक्षकको व्यक्तिगत अभिलेख ‘डिजिटलाइजेशन’ गरियो

काठमाडौँ । राष्ट्रिय किताबखानाले हालसम्म चालीस हजार स्थायी शिक्षकको व्यक्तिगत

कांग्रेस सभापति थापाले पदबाट दिएको राजीनामा केन्द्रीय समितिबाट अस्वीकृत

काठमाडौं । गगन थापाले पदबाट दिएको राजीनामा नेपाली कांग्रेसको केन्द्रीय