८ चैत्र २०८२, आइतबार | March 23, 2026

जेनजीका माग सम्बोधन गर्न र स्थिति थप बिग्रिन नदिन सरकारसँग माओवादीको आग्रह



काठमाडौं । नेकपा (माओवादी केन्द्र)ले जेनजी पुस्ताले उठाएका मागहरूलाई सम्बोधन गर्न र देशमा स्थिति थप बिग्रन नदिन सरकारसँग आग्रह गरेको छ।

काठमाडौंसहित देशका विभिन्न स्थानमा भइरहेको जेन–जीको प्रदर्शनलाई मध्यनजर गर्दै माओवादी केन्द्रका उपलब्ध पदाधिकारीहरूको आकस्मिक बैठक भिमसेन थापा गाउँपालिका–३, टारिफाँटमा बसेको हो।

बैठकले हाल सञ्चालनमा रहेको जनतासँग माओवादी मध्यपहाडी (पुष्पलाल लोकमार्ग) जनजागरण अभियान स्थगित गर्ने निर्णय गरेको छ। साथै, यस विषयमा विस्तृत छलफलका लागि भोलि काठमाडौंमा पूर्ण पदाधिकारी बैठक बोलाउने निर्णय गरेको बैठकपछि अध्यक्ष प्रचण्डको सचिवालयद्वारा जारी प्रेस नोटमा जनाइएको छ ।
छ।

जेन–जीको प्रदर्शनका क्रममा भएको दुर्भाग्यपूर्ण घटनाले पार्टीलाई स्तब्ध र गम्भीर बनाएको माओवादी केन्द्रले जनाएको छ। प्रदर्शनका क्रममा प्रहरीको गोली लागेर मृत्यु भएका युवाप्रति पार्टीले श्रद्धाञ्जली अर्पण गरेको छ भने घाइतेहरूको शीघ्र स्वास्थ्यलाभको कामना गरेको छ।

त्यसैगरी, बैठकले सामाजिक सञ्जालमाथिको प्रतिबन्ध हटाउने र भ्रष्टाचारविरुद्ध उठाइएका मागलाई तत्काल सम्बोधन गर्नुपर्ने आवश्यकता औंल्याउँदै, जिम्मेवारीपूर्वक ठोस कदम चाल्न सरकारलाई आग्रह गरेको छ।

प्रकाशित मिति : २३ भदौ २०८२, सोमबार  ५ : ०२ बजे

ज्येष्ठ सदस्य केसीले राष्ट्रपति समक्ष शपथ लिने

काठमाडौंँ । प्रतिनिधिसभाका ज्येष्ठ सदस्य अर्जुननरसिंह केसीले राष्ट्रपति रामचन्द्र पौडेल

प्रधानमन्त्री कार्की र रास्वपा सभापति लामिछानेबीच भेट

काठमाडौँ । प्रधानमन्त्री सुशीला कार्कीसँग राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति

नाइट फुटबलको उपाधि ब्रोदर्स एफसीलाई

खजुरा । बाँकेको खजुरामा सम्पन्न नाइट फुटबलको उपाधि आयोजक टिम

चालीस हजार स्थायी शिक्षकको व्यक्तिगत अभिलेख ‘डिजिटलाइजेशन’ गरियो

काठमाडौँ । राष्ट्रिय किताबखानाले हालसम्म चालीस हजार स्थायी शिक्षकको व्यक्तिगत

कांग्रेस सभापति थापाले पदबाट दिएको राजीनामा केन्द्रीय समितिबाट अस्वीकृत

काठमाडौं । गगन थापाले पदबाट दिएको राजीनामा नेपाली कांग्रेसको केन्द्रीय