३१ असार २०८३, बुधबार | July 15, 2026

अत्यधिक बल प्रयोग नगर्न सरकारलाई मानव अधिकार आयोगको आग्रह



काठमाडौं । राष्ट्रिय मानव अधिकार आयोगले जेनजीको आन्दोलनप्रति सरकार गम्भीर बन्नुपर्ने आवश्यकता औंल्याउँदै प्रदर्शनकारीमाथि अत्यधिक बल प्रयोग तत्काल रोक्न आग्रह गरेको छ ।

आयोगले विज्ञप्ति जारी गर्दै यस किसिमको दमनले गम्भीर मानवअधिकार उल्लंघन हुने चेतावनीसमेत दिएको छ ।

आयोगको अनुगमनअनुसार, काठमाडौंमा भएको प्रदर्शन हिंसात्मक दमनका कारण अहिलेसम्म कम्तीमा १५ जनाको मृत्यु भइसकेको छ भने दर्जनौं घाइते भएका छन्। सरकारले सामाजिक सञ्जाल फेसबुक, ट्वीटर, युट्युब लगायतमा प्रतिबन्ध लगाएको विरोधमा जेन–जी पुस्ताले सोमबार काठमाडौंसहित देशका मुख्य सहरहरूमा प्रदर्शन गरेका थिए।

आयोगले सार्वजनिक गरेको विज्ञप्तिमा भनिएको छ, “अनुगमनका क्रममा आयोगको टोली र सवारीसाधनमाथि समेत आक्रमण भएको छ।” माइतीघरबाट सुरु भई बबरमहल हुँदै नयाँबानेश्वरतर्फ अघि बढेका प्रदर्शनकारी संसद भवन प्रवेश गर्न खोज्दा प्रहरीले लाठीचार्ज, पानीको फोहोरा, अश्रुग्यास र गोली प्रहार गरेको आयोगको प्रतिवेदनमा उल्लेख छ।

आयोगका प्रवक्ता तथा सहसचिव टीकाराम पोखरेलले भनेका छन्, “लोकतान्त्रिक सरकारले नागरिकका आवाजलाई समयमै सम्बोधन गर्नुपर्छ। विमतिका स्वरलाई दबाउने र सुरक्षाकर्मीमार्फत अत्यधिक बल प्रयोग गर्नु दुःखद छ।”

आयोगले सरकारले तुरुन्तै मृतकका परिवारलाई राहत तथा क्षतिपूर्ति उपलब्ध गराउन, घाइतेको निःशुल्क उपचार सुनिश्चित गर्न, घटनाको निष्पक्ष अनुसन्धान गरी दोषीलाई कडाभन्दा कडा कारबाही गर्न निर्देशन दिएको छ। साथै, भविष्यमा यस्ता आन्दोलन हिंसात्मक रूप नलियोस् भनेर उच्च सुरक्षा तयारी गर्नुपर्नेमा पनि आयोगले जोड दिएको छ।

आयोगले प्रदर्शनकारीलाई समेत आफ्नो आन्दोलनलाई शान्तिपूर्ण, संयमित र मर्यादित राख्ने जिम्मेवारी स्मरण गराएको छ।

प्रकाशित मिति : २३ भदौ २०८२, सोमबार  ६ : ०० बजे

३४ लाख ६६ हजार लगानीकर्ता टिएमएसमार्फत शेयर कारोबारमा सक्रिय

काठमाडौँ । नेपाल धितोपत्र बोर्डले हालसालै सार्वजनिक गरेको नेपाल पुँजीबजार

लायन्स क्लब अफ बुटवलको वार्षिक साधारणसभा सम्पन्न, गभर्नर्स टिमलाई सम्मान

बुटवल । लायन्स क्लब अफ बुटवलले वर्ष २०२६/२७ को आफ्नो

कर्णालीका मुख्यमन्त्री कँडेलद्वारा चार मन्त्रीको राजीनामा राजीनामा स्वीकृत

सुर्खेत । कर्णाली प्रदेश सरकारमा नेपाली कांग्रेसको तर्फबाट सहभागी चार

नेप्से परिसूचक १४ अङ्कले बढ्यो

काठमाडौँ । धितोपत्र बजारमा सेयर कारोबार मापक नेप्से परिसूचक आज

निजी क्षेत्रलाई सरकारले उच्च प्राथमिकता दिएको छ : प्रधानमन्त्री

काठमाडौं । प्रधानमन्त्री वालेन्द्र शाहले देशको पर्यटन प्रवर्द्धनका निम्ति द्रुत