१४ भदौ २०८३, आइतबार | August 30, 2026

कलिला विद्यार्थीमाथि गोली प्रहार गर्नु सरकारको निरंकुश चरित्र : शेखर कोइराला



काठमाडौं । नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले जेन-जी आन्दोलनमाथि सरकारले गरेको दमनप्रति कडा आपत्ति जनाएका छन्।

सोमबार साँझ सामाजिक सञ्जाल फेसबुकमार्फत प्रतिक्रिया दिंदै उनले कलिला विद्यार्थीमाथि गोली प्रहार गर्नु सरकारको निरंकुश चरित्र भएको टिप्पणी गरेका हुन्।

कोइरालाले लेखेका छन्, “जनताप्रति अनुत्तरदायी र जनताको आवाज बुझ्न नसक्ने क्रुर सरकारले हातमा किताब–कापी बोकेका आफ्नै भविष्यका आधारस्तम्भ युवा विद्यार्थीमाथि गोली प्रहार गरेको छ। यस घटनाको जति निन्दा गरे पनि थोरै हुन्छ।”

उनले निर्दोष विद्यार्थीहरूको ज्यान लिने कुकर्मले आफूलाई मर्माहत बनाएको भन्दै पीडित परिवार र आन्दोलनकारीहरूसँगै रहने प्रतिज्ञा गरेका छन्। “श्रद्धाञ्जलीका केही शब्दले यो अपूरणीय क्षतिमा मल्हम लगाउन सक्दैन, तर म तपाईं र तपाईंका अभिभावकहरूसँगै छु,” उनले लेखेका छन्।

जेन–जीका मागलाई समयसापेक्ष र न्यायोचित बताउँदै कोइरालाले सामाजिक सञ्जाल बन्द गर्ने कार्य अधिनायकवादको संज्ञा दिए। साथै उनले भ्रष्टाचार निर्मूल गर्नुपर्ने आवश्यकता जोड दिए।

फेसबुक स्टाटसको अन्त्यमा कांग्रेस नेता कोइरालाले वर्तमान सरकारको औचित्य समाप्त भइसकेको उल्लेख गर्दै “देशका समस्याको समाधान विधिसम्मत ढंगले खोज्न सबै मिलेर अघि बढ्नुपर्छ” भन्ने आह्वान गरेका छन्।

प्रकाशित मिति : २३ भदौ २०८२, सोमबार  ८ : १० बजे

अन्तहीन पर्खाइ : शवगृहका ढोकाहरूमा आफन्तको शव खोज्दै बाढीपीडित परिवार

चितवन । “त्यो बिहान ८ः४४ मिनेट जाँदा फोनमा कुरा हुँदै

भारतको सुरुङ उद्धार टोलीद्वारा चिलिमे र लाङटाङ क्षेत्रमा खोज कार्य सञ्चालन

काठमाडौँ । भारतीय सुरुङ उद्धार टोलीले आज चिलिमे र लाङटाङ

प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा पाँच अर्ब २४ करोड सङ्कलन

काठमाडौँ । बाढी प्रभावितका लागि सरकारले सञ्चालन गरेको प्रधानमन्त्री दैवी

नेपालगन्ज उद्योग वाणिज्य संघको नवनिर्वाचित कार्यसमितिको शपथ तथा पदभार

नेपालगन्ज । नेपालगन्ज उद्योग वाणिज्य संघका नवनिर्वाचित पदाधिकारी र कार्यसमिति

रसुवा बाढी : हालसम्म ७ सय ९४ जनाको शव फेला

काठमाडौं । रसुवामा आएको विनाशकारी बाढीका कारण आइतबार साँझ १७ः४५