१० पुस २०८२, बिहिबार | December 25, 2025

जेन जी प्रदर्शन : सुलभको मृत्युको खबरले नेपालगन्जको धम्बोझी शोकाकुल



नेपालगन्ज । जेन-जीहरूको प्रदर्शनका क्रममा सोमबार दिउँसो ट्रमा सेन्टरमा नेपालगन्जका २३ वर्षिय सुलभराज श्रेष्ठको मृत्यु भएको खबरले नेपालगन्ज शोकाकुल बनेको छ । नेपालगन्जकै आफ्नो बाबुको स्कुलबाट माद्यामिक शिक्षा लिएर उच्च शिक्षाका लागि काठमाडौं पुगेका सुलभको मृत्युको खबरले नेपालगन्जको धम्बोझी शोकाकुल बनेको हो ।

सुलभ राज श्रेष्ठ नेपालगञ्ज उपमहानगरपालिका–१ निवासी हुन् । स्थानीय भेरी स्कुलका सञ्चालक नरेन्द्र श्रेष्ठका एक्ला छोरा सुलभ काठमाडौंको कान्तिपुर इञ्जिनियरिङ कलेजमा सिभिल इन्जिनियरिङ पढ्दै थिए ।

साँझबाटै सुलभको मृत्यु भएको सामाजिक सञ्जालमा खबर आएपनि सुलभको आमालाई भने अझै सुलभको मृत्यु भएको भन्ने सूचना दिइएको छैन । खबर सुनेर छरछिमेकीको भीड घरवरपर जम्मा भएपछि भने उनको मनमा चिसो पसेको छ । उनलाई ट्रमा सेन्टरमा छोराको उपचार भइरहेको मात्र भनिएको छिमेकी शिक्षक भोजराज शर्माले बताए । सुलभका बाबु नरेन्द्र भने आज साँझको बिमानबाट काठमाडौं गएका छन् ।

सुलभले माध्यामिक तहसम्म नेपालगन्जकै भेरी स्कुलमा अध्ययन गरेको र उच्च माध्यामिक शिक्षा लिन काठमाडौं गएको छिमेकी शर्माले बताए । मनोबिज्ञ एबम शिक्षक समेत रहेका शर्माले आफुले सुलभलाई पढाइमा जेहेन्दार र मिहेनती रहेको पाएको जानकारी दिए ।

लायन्स क्लल ३२५ एनका सेक्रेटरी रहेका नरेन्द्रलाई परेको पुत्र शोकमा क्लवका गभर्नर ज्ञानेन्द्र श्रेष्ठले धैर्यधारण गर्न सक्ने शक्ति मिलो श भन्दै समबेदना ब्यक्त गरे ।

सान्त्वना दिन भेला भएका छिमेकीहरुले अस्पतालको सूचना पाटीमा सुलभको नाम प्रकाशित भएपनि भीडमा सुलभ जिवीत हुन सक्ने भन्दै परिवारजनलाई सान्त्वना दिइरहेका छन् । यो समाचार तयार पार्दासम्म सुलभका बुवा नरेन्द्र र नेपालगन्ज उद्योग वाणिज्य संघका पूर्व अध्यक्ष कृष्णप्रसाद श्रेष्ठ काठमाडौं स्थित ट्रमा सेन्टर पुगेका छन् ।

सोमबार भएको जेनजीहरूको प्रदर्शनमा परेर मृत्यु हुनेको संख्या १९ जनाको पुष्टि भएको छ भने घाइते भएका ३ सय ४७ जनाको देशभरका अस्पतालहरूमा उपचार भइरहेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

प्रकाशित मिति : २३ भदौ २०८२, सोमबार  ९ : २२ बजे

बजार पहुँच नहुँदा किसानको दूध घरमै

भोजपुर । भोजपुरका ग्रामीण क्षेत्रमा उत्पादन भएको दूध बजारसम्म पु¥याउन

वाग्द्वारको शुद्ध जलले पशुपतिनाथलाई स्नान गराउन सम्भाव्यता अध्ययन गरिँदै

काठमाडौं । बाग्मतीको मुहानस्थल वाग्द्वारको शुद्ध जल पशुपतिनाथमा ल्याएर स्नान

त्रिभुवन विश्वविद्यालयको ५१ औँ दीक्षान्त समारोह आज, १६ हजार विद्यार्थी दीक्षित हुँदै

काठमाडौं । त्रिभुवन विश्वविद्यालयको ५१ औँ दीक्षान्त समारोह आज हुँदै

आज ‘क्रिसमस डे’ मनाइँदै

काठमाडौं । क्रिश्चियन धर्मका संस्थापक येशु ख्रीष्टको जन्मदिनको सम्झनामा आज

निर्वाचन आयोगले जारी गर्यो निर्वाचन आचारसंहिता-२०८२ को मस्यौदा

काठमाडौं । निर्वाचन आयोगले निर्वाचन आचारसंहिता-२०८२ को मस्यौदा सल्लाह सुझावका