१० पुस २०८२, बिहिबार | December 25, 2025

ललितपुरमा मध्यरातिसम्म कर्फ्यु



काठमाडौं । जिल्ला प्रशासन कार्यालय ललितपुरले आज बिहानदेखि विभिन्न क्षेत्रमा कर्फ्यु आदेश जारी गरेको छ। प्रमुख जिल्ला अधिकारी सुमन घिमिरेले आज बिहान ७ बजेदेखि राति १२ बजेसम्मका लागि आदेश जारी गरेका हुन् ।

ललितपुर महानगरपालिका वडा नं. २, ४, ९, १८ र २५ भित्रका विभिन्न क्षेत्रमा चार किल्ला तोकी कर्फ्यु आदेश लागू गरिएको छ । सो सिमाना भित्र कुनै पनि व्यक्तिले आवतजावत, भेला, जुलुस, प्रदर्शन, सभा, बैठक वा घेराउ गर्न नपाउने गरी आदेश जारी गरिएको प्रशासनले जनाएको छ ।

वडा नं. ४, १८ र २५ को भैंसेपाटी क्षेत्र, पूर्वमा भैंसेपाटीबाट बुङमती जाने सडक, पश्चिमतर्फ सिजी हाउजिङ तथा चोभार गल्छी सडक, उत्तरमा एकान्तकुनाको गायत्री पेट्रोल पम्पभन्दा तल रहेको विष्णुदेवी मन्दिर, दक्षिणतर्फ इटनी जाने ओरालो क्षेत्रमा कर्फ्यु लगाइएको छ ।

वडा नं. २ सानेपानस्थित इन्द्रायणि मार्ग आसपास क्षेत्र, पूर्वमा सानेपा चोकबाट इन्द्रायणि मन्दिर पक्की सडक, पश्चिमतर्फ बल्खु पुलदेखि मनमोहन पार्कसम्म वाग्मती करिडोर सडकमा कर्फ्यु आदेश जारी गरिएको छ ।

उत्तरतर्फ चक्रपथ सडकको सर्भिस लेन (बल्खु पुलदेखि सानेपा चोकसम्म) भित्र, दक्षिणतर्फ इन्द्रायणि मन्दिरबाट वाग्मती करिडोर जाने पक्की सडक क्षेत्रमा कर्फ्यु आदेश जारी गरिएको प्रमुख जिल्ला अधिकारी घिमिरेले बताएका छन् ।

वडा नं. ९ को च्यासल क्षेत्रमा पूर्वमा मनोहरा खोला करिडोरको झोलुंगे पुल, पश्चिमतर्फ च्यासल रंगशाला, उत्तरमा मनोहरा खोला र दक्षिणतर्फ मल पोखरी जाने बाटोसम्म कर्फ्यु आदेश जारी गरिएको छ ।

प्रमुख जिल्ला अधिकारी घिमिरेले शान्ति, सुरक्षा कायम गर्न र सम्भावित अप्रिय गतिविधि नियन्त्रण गर्न कफ्र्यू आदेश जारी गरिएको जनाएका छन ।

प्रकाशित मिति : २४ भदौ २०८२, मंगलबार  ७ : ३१ बजे

बजार पहुँच नहुँदा किसानको दूध घरमै

भोजपुर । भोजपुरका ग्रामीण क्षेत्रमा उत्पादन भएको दूध बजारसम्म पु¥याउन

वाग्द्वारको शुद्ध जलले पशुपतिनाथलाई स्नान गराउन सम्भाव्यता अध्ययन गरिँदै

काठमाडौं । बाग्मतीको मुहानस्थल वाग्द्वारको शुद्ध जल पशुपतिनाथमा ल्याएर स्नान

त्रिभुवन विश्वविद्यालयको ५१ औँ दीक्षान्त समारोह आज, १६ हजार विद्यार्थी दीक्षित हुँदै

काठमाडौं । त्रिभुवन विश्वविद्यालयको ५१ औँ दीक्षान्त समारोह आज हुँदै

आज ‘क्रिसमस डे’ मनाइँदै

काठमाडौं । क्रिश्चियन धर्मका संस्थापक येशु ख्रीष्टको जन्मदिनको सम्झनामा आज

निर्वाचन आयोगले जारी गर्यो निर्वाचन आचारसंहिता-२०८२ को मस्यौदा

काठमाडौं । निर्वाचन आयोगले निर्वाचन आचारसंहिता-२०८२ को मस्यौदा सल्लाह सुझावका