काठमाडौं । जेनजी पुस्ताले काठमाडौंमा दोस्रो दिन पनि प्रदर्शन जारी राखेका छन् । बिहानैदेखि नयाँ बानेश्वर क्षेत्रमा युवाहरू भेला भई विरोध कार्यक्रम थालेका हुन् ।
स्थितिलाई नियन्त्रणमा लिन काठमाडौं जिल्ला प्रशासन कार्यालयले आज बिहान ८:३० बजेदेखि अर्को सूचना नआएसम्मका लागि कर्फ्यु आदेश लागू गरेको छ ।
सोमबार भएको प्रदर्शनमा प्रहरीको गोली लाग्दा १९ जनाले ज्यान गुमाएका छन् भने ४२१ जना घाइते भएका छन् ।


















प्रतिक्रिया