१० पुस २०८२, बिहिबार | December 25, 2025

जेनजी प्रदर्शनमा घुसपैठ गरेको आरोपमा राप्रपा नेता रवि किरण हमाल पक्राउ



काठमाडौं । जेनजी पुस्ताले सुरु गरेको प्रदर्शनमा घुसपैठ गरेको आरोपमा राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का केन्द्रीय सदस्य रवि किरण हमाललाई प्रहरीले पक्राउ गरेको छ । परिवारका सदस्यका अनुसार सोमबार दिउँसो बानेश्वरमा प्रदर्शनमा सहभागी भएका हमाललाई साँझ बूढानीलकण्ठ पुगेका बेला प्रहरीले नियन्त्रणमा लिएको हो ।

हमाल विगतदेखि नै राजावादी आन्दोलनमा सक्रिय हुँदै आएका नेता हुन् । जेनजी प्रदर्शनमा सहभागी हुने क्रममा उनले प्रधानमन्त्री केपी शर्मा ओलीलाई आत्मसमर्पण (सरेन्डर) गर्न आग्रह गर्ने भिडियो टिकटकमा सार्वजनिक गरेका थिए ।

यस्तै, उनले “आन्दोलनमा भएको क्षतिको जिम्मा म लिन्छु, राजनीतिशास्त्र पढेको व्यक्ति भएकाले देशको कार्यकारी प्रमुख बन्ने क्षमता मसँग छ” भन्ने अभिव्यक्ति पनि दिएका थिए, जसले सामाजिक सञ्जालमा चर्को चर्चा पाएको छ ।

प्रकाशित मिति : २४ भदौ २०८२, मंगलबार  ८ : ५५ बजे

संचारमाध्यमले सत्य तथ्य समाचार संप्रेषण गर्नुपर्ने उपप्रमुख अर्यालको भनाई

बुटवल । महिला समानताका लागी संचार अभियानद्धारा संचालित सामुदायिक रेडियो

विद्यार्थीहरुको हृदयरोगसम्बन्धी निःशुल्क परीक्षण सुरु

भक्तपुर । भक्तपुर नगरपालिकाको आयोजना तथा चीनको युनानस्थित फुवाई युनान

बुटवल उपमहानगरपालिकाको १८ औँ नगरसभा अधिवेशन सम्पन्न, सात प्रस्ताव सर्वसम्मत पारित

बुटवल । बुटवल उपमहानगरपालिका नगरसभाको १८ औँ अधिवेशन बुधबार सम्पन्न

पाटेबाघ बढेसँगै थपियो संरक्षण चुनौती, पीडादायिक बन्दै मानव-बाघ द्वन्द्व

बर्दिया । बर्दिया राष्ट्रिय निकुञ्जमा आजदेखि पाँचौँ पटक बाघ गणना