२० मंसिर २०८२, शनिबार | December 6, 2025

रुपन्देहीमा अनिश्चतकालिन निषेधाज्ञा



जिल्ला प्रशासन कार्यालय रुपन्देहीले अनिश्चतकालिन निषेधाज्ञा आदेश जारी गरेको छ । सोमबार जिल्लामा जेनजी प्रदर्शनका साथै विभिन्न स्थानमा तोडफोड गरेपछि प्रशासनले राति १० बजेसम्मका लागि कर्फ्यु आदेश जारी गरेको थियो ।

मंगलबार सुरक्षा अवस्थालाई मध्यनजर गर्दै मंगलबार बिहान ९:३० बजेदेखि अर्को आदेश नभएसम्मका लागि जिल्लाभर लागु हुने गरी निषेधाज्ञा जारी गरिएको रुपन्देहीका प्रमुख जिल्लाका अधिकारी डा.टोकराज पाण्डेले बताए ।

निषेधाज्ञा जारी गरिएको क्षेत्रमा पाँच जना भन्दा बढी व्यक्ति भेला भएर अनसन, धर्ना, जुलुस, प्रदर्शन तथा सभा जस्ता विरोधका कार्यक्रम गर्न निषेध गरिएको प्रशासनद्वारा जारी विज्ञप्तिमा भनिएको छ ।

आदेशको उल्लङ्घन गर्ने वा कार्यान्वयनमा अवरोध गर्ने जो कसैलाई पनि प्रचलित कानुन बमोजिम कारबाही गरिने चेतावनी प्रशासनले दिएको छ ।

प्रकाशित मिति : २४ भदौ २०८२, मंगलबार  ९ : १७ बजे

निर्वाचन गराउन सबै हिसाबमा आयोग तयार छ : कार्यबाहक प्रमुख आयुक्त भण्डारी

काठमाडौं । निर्वाचन आयोग नेपालका कार्यबाहक प्रमुख आयुक्त रामप्रसाद भण्डारीले

तिला जलविद्युत्को बिजुली उत्पादन गर्न सात अर्ब लाग्ने

जुम्ला । जुम्लाको तिला गाउँपालिका र कालिकोटको तिलागुफा नगरपालिकाको सिमानामा

निर्वाचन आयोगद्वारा राजनीतिक दललाई २० बुँदे निर्देशन

काठमाडौं । निर्वाचन आयोगले आगामी फागुन २१ गतेका लागि तय