१० पुस २०८२, बिहिबार | December 25, 2025

फ्रान्स जाने सपना सहित काठमाडौंमा पढ्दै थिए नेपालगन्जका आयुष



नेपालगन्ज । बुढा बाजे बज्यै र आमा बाबुको सपना साकर पार्न फ्रान्स जाने तयारीमा काठमाडौंमा पढ्दै गरेका नेपालगन्ज धम्बोझीका आयुषको जेन जी प्रदर्शनमा प्रहरीको गोली लागेर मृत्यु भएपछि तीन पुस्ताको सपना चक्नाचुर बनेको छ ।

नेपालगन्ज धम्बोझी कै सुलभराज श्रेष्ठ र आयुष थापा भ्रष्टाचारका विरुद्धको जेन जी प्रदर्शनका क्रममा काठमाडोैको नयाँ बानेश्वर क्षेत्रमा पुगेका थिए । देशमा ब्याप्त भ्रष्टाचारको विरोध गर्दा ताकीताकी गोली हानिन्छ भन्ने थाहा नभएका उनीहरु सुशासन र पारदर्शी लोकतन्त्रका लागि सडकमा उत्रिएपनि उनीहरु अनाहकमा मारिएका छन् ।

दैलेखबाट बसाई सरेर नेपालगन्ज उपमहानगरपालिका १ धम्बोझीमा बसोबास गर्दै आएका आयुष घरपरिवारका तेस्रो पुस्ता हुन् । सुशिल थापाका एक्ला छोरा आयुषको एक मात्र बहिनीको अघिल्लो वर्षमात्र बिबाह भएको थियो । बाजेबज्यै र आमाबाबुको ममतामयी मायाबाट हुर्केका आयुषको ज्यान गएपछि नेपालगन्जको धम्बोझी थप शोकाकुल बनेको छ ।

नेपालगन्ज उद्योग वाणिज्य संघका पूर्व अध्यक्ष एवं नागरिक अगुवा कृष्णप्रसाद श्रेष्ठ काठमाडौं स्थित ट्रमा सेन्टरमा पुगेपछि मात्र गोली लागेर मृत्यु भएका आयुष नेपालगन्जबासी भएको पहिचान खुलेको थियो । आयुषको भनिएको शव प्रत्यक्ष नहेर्दा सम्म मृत्यु भएको आयुष नै हुन् भनेर पत्याउन नसकिने भन्दै आयुषका बाबु सुशिल र आमा काठमाडौं गएका छन् ।

शव नहेर्दा सम्म बाजे बज्यैलाई समेत मृत्युको खबर नदिइएको आयुषका छिमेकी समेत रहेकी नेपालगन्ज उपमहानगरकी पूर्व उपप्रमुख उमा थापाले बताइन् । बाबु आमालाई समेत उपचार भइरहेको बताएर काठमाडौं पठाइएको उनले बताइन् ।

प्रकाशित मिति : २४ भदौ २०८२, मंगलबार  १० : २५ बजे

संचारमाध्यमले सत्य तथ्य समाचार संप्रेषण गर्नुपर्ने उपप्रमुख अर्यालको भनाई

बुटवल । महिला समानताका लागी संचार अभियानद्धारा संचालित सामुदायिक रेडियो

विद्यार्थीहरुको हृदयरोगसम्बन्धी निःशुल्क परीक्षण सुरु

भक्तपुर । भक्तपुर नगरपालिकाको आयोजना तथा चीनको युनानस्थित फुवाई युनान

बुटवल उपमहानगरपालिकाको १८ औँ नगरसभा अधिवेशन सम्पन्न, सात प्रस्ताव सर्वसम्मत पारित

बुटवल । बुटवल उपमहानगरपालिका नगरसभाको १८ औँ अधिवेशन बुधबार सम्पन्न

पाटेबाघ बढेसँगै थपियो संरक्षण चुनौती, पीडादायिक बन्दै मानव-बाघ द्वन्द्व

बर्दिया । बर्दिया राष्ट्रिय निकुञ्जमा आजदेखि पाँचौँ पटक बाघ गणना