२३ भदौ २०८३, मंगलबार | September 8, 2026

खजुरामा लाग्यो ‘हत्यारा सरकार राजीनामा दे’को नारा (फोटोफिचर)



खजुरा । जेन जी पुस्ताको प्रदर्शनलाई समर्थन गर्दै बाँकेको खजुरामा सरकार बिरोधी प्रदर्शन भएको छ । आज बिहानबाट खजुराको लोकतान्त्रिक चोकमा भेला भएका स्थानीयबासीहरुले सरकार बिरोधी नारा लगाएका छन् ।

नेपालगन्ज गुलरिया सडकमा चल्ने सवारी साधानलाई अवरोध गर्दै प्रदर्शन गरेका स्थानीयले जेनजीको माग पुरा गर, हत्यारा प्रधानमन्त्री राजीनामा दे, प्रहरी दमन बन्द गर, भ्रष्टाचारीलाई फाँसी दे जस्ता नारा लगाएका छन् ।

लोकतान्त्रिक चोकमा भेला भएका स्थानीयले खजुरा बजारको परिक्रमा गर्दै इलाका प्रहरी कार्यालय धनौली पुगेर नाराबाजी गरे । सरकार नढलेसम्म आन्दोलन जारी राख्नु पर्ने स्थानीय युवा ब्यवसायी रोसन सापकोटाले बताए । पार्टी भन्दा माथि उठेर हत्यारा सरकारको बिरोधमा उत्रिन स्थानीयलाई युवा ब्यवसायी भक्त गोदारले आह्वान गरे ।

जेन जी प्रदर्शनका क्रममा अहिले सम्ममा १९ जनाको मृत्यु पुष्टी भएको छ भने त्यस मध्य २ जना बाँकेको युवाहरु रहेका छन् । प्रदर्शनमा स्थानीय ब्यापारी, नागरिक अगुवा, शिक्षा, बिद्यार्थीको बाक्लो उपस्थिती रहेको छ । प्रदर्शन जारी रहँदा उपस्थिती थपिने क्रम जारी छ ।

प्रकाशित मिति : २४ भदौ २०८२, मंगलबार  ११ : १६ बजे

भोटेकोशी बाढी : हालसम्म १३ हजार ३९६ को उद्धार

काठमाडौं । रसुवास्थित भोटेकोशी नदीमा भदौ १० गते आएको विनाशकारी

माइतीघरमा महिलाले गरिन् आत्मदाहको प्रयास, वीर अस्पताल लगियो

काठमाडौं । काठमाडौंको माइतीघरमा आफ्नै शरीरमा आगो लगाएर आत्मदाहको प्रयास

देशमा सुशासन कायम हुनेछ : प्रधानमन्त्री शाह

काठमाडौं । प्रधानमन्त्री वालेन्द्र शाहले मुलुकमा सुशासन कायम हुने विश्वास

शून्य सहनशीलतामार्फत जेनजी सहिदको सपना पूरा गर्न प्रतिबद्ध छौँ : कार्यवाहक प्रमुख डङ्गोल

काठमाडौँ । काठमाडौँ महानगरपालिकाका कार्यवाहक प्रमुख सुनिता डङ्गोलले नागरिकमैत्री शासन

कांग्रेस १५ औँ महाधिवेशनः वडा अधिवेशन असोज ३ देखि सुरु हुने

काठमाडौँ । नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गतको वडा अधिवेशन आगामी असोज