२१ मंसिर २०८२, आइतबार | December 7, 2025

रास्वपा सांसद असीम शाहद्वारा सांसद पदबाट राजीनामा घोषणा



काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सांसद असीम शाहले प्रतिनिधिसभा सदस्य पदबाट राजीनामा दिएका छन्।

शाहले विज्ञप्ति जारी गरेर पदत्याग गरेको जानकारी गराएका छन्। उनले सरकारको दमनकारी कदमप्रति विरोध र जेनजी आन्दोलनप्रति ऐक्यबद्धता जनाउँदै पद त्यागेको बताएका छन्।

‘सांसद पदमा बसिरहन मेरो मनले अनुमति दिएन,’ उनले भनेका छन् ।

प्रदर्शनमा गोली प्रहार र नागरिक अधिकारमाथि भएको हस्तक्षेपलाई ‘अमानवीय र विवेकविपरीत’ कार्यका रूपमा उनले व्याख्या गरेका छन्।

शाहले भनेका छन्, ‘मैले पटक–पटक सदनमा युवाको आवाज उठाएँ, चेतावनी दिएँ– यदि युवाको भावना नबुझियो भने सडक विद्रोह हुन्छ। तर सरकार चलाउनेहरूले कहिल्यै सुन्ने चेष्टा गरेनन्।’

उनका अनुसार संसद् भवनको सुरक्षाभन्दा नागरिकको जीवन ठूलो हो, तर सरकारले भवन जोगाउन हत्या गर्ने अपराधसम्म गरेको छ।

‘यस्ता गलत नीतिलाई मौन समर्थन गर्नु मेरो पुस्ता र देशको भविष्यसँग विश्वासघात हुनेछ भन्ने दृढ विश्वासका आधारमा म पदत्याग गरेको हुँ,’ शाहले लेखेका छन्।

राजीनामापछि अब आफू सडक आन्दोलनमा सहभागी हुने प्रतिबद्धता उनले जाहेर गरेका छन्। ‘म अब जेनजी पुस्ता, नागरिक र सत्यका पक्षमा सडकमा उत्रेर संघर्ष गर्नेछु,’ शाहले घोषणा गरेका छन्।

प्रकाशित मिति : २४ भदौ २०८२, मंगलबार  ११ : ५८ बजे

हेटौंडा सडक विस्तार कार्य तत्कालका लागि स्थगित

काठमाडौं । सडक डिभिजन कार्यालय हेटौँडाले सर्वोच्च अदालतबाट मंसिर १९

सिंहदरबारका क्षतिग्रस्त संरचना चाँडै पुनःनिर्माण हुनेमा पूर्वराष्ट्रपति भण्डारीको विश्वास

काठमाडौं । पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले गत भदौ २४ गतेको आन्दोलनका

कर्णालीले जनकपुरलाई दियो १३० रनको लक्ष्य

काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल) दोस्रो संस्करणमा कर्णाली याक्सले

एनपीएल : चार टोली च्याम्पियन बन्ने दौडमा

काठमाडौं । दोस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपीएल)मा लिगको च्याम्पियन

प्रधानमन्त्री कार्की र पूर्वराष्ट्रपति भण्डारी भण्डारीबीच भेट

काठमाडौं । प्रधानमन्त्री सुशीला कार्की र पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीबीच आज