२६ बैशाख २०८३, शनिबार | May 9, 2026

रास्वपा सांसद असीम शाहद्वारा सांसद पदबाट राजीनामा घोषणा



काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सांसद असीम शाहले प्रतिनिधिसभा सदस्य पदबाट राजीनामा दिएका छन्।

शाहले विज्ञप्ति जारी गरेर पदत्याग गरेको जानकारी गराएका छन्। उनले सरकारको दमनकारी कदमप्रति विरोध र जेनजी आन्दोलनप्रति ऐक्यबद्धता जनाउँदै पद त्यागेको बताएका छन्।

‘सांसद पदमा बसिरहन मेरो मनले अनुमति दिएन,’ उनले भनेका छन् ।

प्रदर्शनमा गोली प्रहार र नागरिक अधिकारमाथि भएको हस्तक्षेपलाई ‘अमानवीय र विवेकविपरीत’ कार्यका रूपमा उनले व्याख्या गरेका छन्।

शाहले भनेका छन्, ‘मैले पटक–पटक सदनमा युवाको आवाज उठाएँ, चेतावनी दिएँ– यदि युवाको भावना नबुझियो भने सडक विद्रोह हुन्छ। तर सरकार चलाउनेहरूले कहिल्यै सुन्ने चेष्टा गरेनन्।’

उनका अनुसार संसद् भवनको सुरक्षाभन्दा नागरिकको जीवन ठूलो हो, तर सरकारले भवन जोगाउन हत्या गर्ने अपराधसम्म गरेको छ।

‘यस्ता गलत नीतिलाई मौन समर्थन गर्नु मेरो पुस्ता र देशको भविष्यसँग विश्वासघात हुनेछ भन्ने दृढ विश्वासका आधारमा म पदत्याग गरेको हुँ,’ शाहले लेखेका छन्।

राजीनामापछि अब आफू सडक आन्दोलनमा सहभागी हुने प्रतिबद्धता उनले जाहेर गरेका छन्। ‘म अब जेनजी पुस्ता, नागरिक र सत्यका पक्षमा सडकमा उत्रेर संघर्ष गर्नेछु,’ शाहले घोषणा गरेका छन्।

प्रकाशित मिति : २४ भदौ २०८२, मंगलबार  ११ : ५८ बजे

वनको दाउरा कसले लिने भन्ने विषयमा विवादपछि एक जनाको ज्यान गयो

घोराही । जिल्लाका राजपुर गाउँपालिका–४ मोतीपुरस्थित एक सामुदायिक वनमा दाउरा

रसुवा भन्सारमा सामान जाँचपास सुरु

रसुवा । अधिकतम खुद्रा मूल्य (एमआरपी) स्टिकर नलागेका कारण रोकिएको

अनलाइन प्रणालीसँगै भारतीय सवारी निगरानी कडाइ

भैरहवा । नेपाल प्रवेश गर्ने भारतीय सवारीसाधन माथिको निगरानी थप

सहकारी नियमन प्राधिकरणको अध्यक्ष र विज्ञ सदस्य पदका लागि दरखास्त आह्वान

काठमाडौँ । सरकारले राष्ट्रिय सहकारी नियमन प्राधिकरणको अध्यक्ष र विज्ञ

सीताको अग्निपरीक्षा

के तपाईंले कहिल्यै सोच्नुभएको छ, एउटी स्त्रीलाई न्याय चाहिन्छ कि