काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को आकस्मिक बसेको संसदीय दलको बैठकले आफ्ना सबै सांसदहरूले प्रतिनिधिसभा सदस्य पदबाट राजीनामा दिने निर्णय गरेको छ ।
बैठकको निर्णय लगत्तै केही सांसदहरूले सामाजिक सञ्जाल फेसबुकमार्फत आफूले पदबाट राजीनामा दिएको घोषणा गरेका छन् ।
रास्वपाका शीर्ष नेताका अनुसार सांसदहरूले आजै सभामुखलाई राजीनामाको जानकारी दिने तयारी गरेका छन् । साथै, सबै सांसदहरूले सामाजिक सञ्जालमा पनि आफ्नो पदबाट राजीनामा दिएको स्टाटस प्रकाशन गर्ने योजना रहेको छ ।
राष्ट्रिय स्वतन्त्र पार्टी हाल प्रतिनिधिसभामा सभापति रवि लामिछाने बाहेक २० जना सांसदसहित देशको चौथो ठूलो शक्ति हो ।



















प्रतिक्रिया