काठमाडौं । जेनजी आन्दोलनमा सहभागी प्रदर्शनकारीहरू मंगलबार पुनः संघीय संसद भवनमा प्रवेश गरेका छन् । सोमबार भएको प्रहरी दमनको विरोधस्वरूप उनीहरू संसद भवनभित्र छिरेका हुन् ।
यसअघि सोमबार पनि प्रदर्शनकारीहरू संसद भवनमा प्रवेश गरेका थिए । त्यस क्रममा प्रहरीद्वारा गोली चलाउँदा १९ जनाको मृत्यु भएको थियो भने ४०० भन्दा बढी घाइते भएका थिए ।
संसद भवन वरपरको वातावरण अहिले पनि तनावग्रस्त बनेको छ । सुरक्षा बलको ठूलो टोली परिचालन गरिएको भए पनि प्रदर्शनकारीहरू आक्रामक शैलीमा अघि बढिरहेका छन् ।



















प्रतिक्रिया