काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले राजीनामा दिएका छन् । जेनजी आन्दोलन लगातार उग्र बन्दै गएपछि उनले आफ्नो पद त्याग्ने घोषणा गरेका हुन् ।
हिजोबाट शुरु भएको आन्दोलन व्यापक विरोध र हिंसात्मक घटनामा परिणत भएपछि राजनीतिक संकट गहिरिँदै गएको थियो । त्यसको जिम्मेवारीस्वरूप प्रधानमन्त्री ओलीले आज औपचारिक रूपमा राजीनामा दिएको घोषणा गरेका हुन् ।
सरकारप्रति जनआक्रोश चुलिँदै गएकाले तत्काल समाधान खोज्न आफू पदमुक्त भएको ओलीले बताएका छन् । उनले देशलाई शान्तिपूर्ण निकास दिन सबै दललाई जिम्मेवार ढंगले अघि बढ्न पनि आग्रह गरेका छन् ।
नेपाल कम्युनिष्ट पार्टी (एमाले) का अध्यक्षसमेत रहेका ओली पछिल्लो पटक २०८१ असार ३१ गते नेपाली कांग्रेसलगायत दलहरुको समर्थनमा प्रधानमन्त्री बनेका थिए ।




















प्रतिक्रिया