२१ मंसिर २०८२, आइतबार | December 7, 2025

प्रधानसेनापतिसहित सुरक्षा प्रमुखहरुको संयुक्त आह्वान ‘राजनीतिक संवादमार्फत शान्तिपूर्ण समाधान निकास निकालौं’



काठमाडौं । नेपाली सेनाका प्रधानसेनापति सहित नेपालका सबै सुरक्षा अंगका प्रमुखहरुले राजनीतिक संवादमार्फत् शान्तिपूर्ण समाधान निकाल्न आह्वान गरेका छन् ।

मुख्य सचिव, गृह सचिवसहित प्रधानसेनापति, सशस्त्र प्रहरी प्रमुख, नेपाल प्रहरी प्रमुख र राष्ट्रिय अनुसन्धान विभाग प्रमुखहरुले संयुक्त विज्ञप्ति निकालेर शान्तिपूर्ण रुपमा समाधान निकाल्न आह्वान गरेका हुन् ।

उनीहरुले प्रधानमन्त्रीले राजीनामा दिइसकेको अवस्थामा शान्तिपूर्ण रुपमा समाधान निकाल्न वार्ता र सम्बादमा जोड दिएका छन् ।

‘सम्माननीय प्रधानमन्त्रीज्यूको राजीनामा स्वीकृत भइसकेको हुँदा यस विषय परिस्थितिमा थप जनधनको क्षति हुन नदिन आम नागरिक सबैलाई संयमित हुन हार्दिक आह्वान गर्दछौं । यस विषयमा राजनीतिक संवादको माध्यमबाट यथाशक्य छिटो शान्तिपूर्ण समाधान निकाल्न सम्बद्ध सबैमा हार्दिक आह्वान गर्दछौं ।’ उनीहरुले प्रकाशन गरेको विज्ञप्तिमा लेखिएको छ ।

आह्वान पत्रमा मुख्य सचिव एकनारायण अर्याल, प्रधानसेनापति अशोकराज सिग्देल, गृहसचिव गोकर्णमणि दुवाडी, सशस्त्र प्रहरी महानिरीक्षक राजु अर्याल, नेपाल प्रहरी महानिरीक्षक चन्द्रकुबेर खापुङ र राष्ट्रिय अनुसन्धान विभागका प्रमुख हुतराज थापाको हस्ताक्षर छ ।

प्रकाशित मिति : २४ भदौ २०८२, मंगलबार  ३ : ३७ बजे

हेटौंडा सडक विस्तार कार्य तत्कालका लागि स्थगित

काठमाडौं । सडक डिभिजन कार्यालय हेटौँडाले सर्वोच्च अदालतबाट मंसिर १९

सिंहदरबारका क्षतिग्रस्त संरचना चाँडै पुनःनिर्माण हुनेमा पूर्वराष्ट्रपति भण्डारीको विश्वास

काठमाडौं । पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले गत भदौ २४ गतेको आन्दोलनका

कर्णालीले जनकपुरलाई दियो १३० रनको लक्ष्य

काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल) दोस्रो संस्करणमा कर्णाली याक्सले

एनपीएल : चार टोली च्याम्पियन बन्ने दौडमा

काठमाडौं । दोस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपीएल)मा लिगको च्याम्पियन

प्रधानमन्त्री कार्की र पूर्वराष्ट्रपति भण्डारी भण्डारीबीच भेट

काठमाडौं । प्रधानमन्त्री सुशीला कार्की र पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीबीच आज