१४ भदौ २०८३, आइतबार | August 30, 2026

बालेनले गरे तोडफोड रोकेर सेना प्रमुखसँग वार्ताको तयारी गर्न जेनजी नेतृत्वलाई आह्वान



काठमाडौं । काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र शाह बालेनले उग्र प्रदर्शनमा रहेका जेनजीहरूलाई संयमता अपनाउन आह्वान गरेका छन् । उनले प्रधानमन्त्रीले राजिनामा दिइसकेको परिस्थितमा संयमता अपनाउन नेपाली सेनाको प्रमुखसँग वार्ता गर्न तयार रहन आग्रह गरेका हुन् ।

उनले सामाजिक सञ्जाल फेसबुकमार्फत सार्वजनिक सम्पत्ति जेनजीहरुकै भएको जनाउँदै संयमता अपनाउन आह्वान गरेका छन् । बालेनले सेना प्रमुखसँग वार्ता गर्न पनि तयार हुन जेनजी नेतृत्वलाई भनेका छन् ।

‘देशको जनधनको क्षति भनेको तपाईं हाम्रै सम्पत्तिको क्षति हो । तपाईं–हामी अब संयमित हुनु जरुरी छ । अब तपाईंको पुस्ताले नै देशको नेतृत्व गर्नु पर्नेछ । तयार रहनुहोला !’ उनले सामाजिक सञ्जालमा लेखेका छन् ।

बालेनले सेनासँग वार्ता गर्नुअघि संसद् विघटन भएको हुनुपर्ने पनि जनाएका छन् । ‘याद रहोस् — वार्ता गर्नु अघि संसद् विघटन भएको हुनु पर्छ,’ बालेनले लेका छन् ।

जेनजीहरूको प्रदर्शन उग्र भएपछि प्रधानमन्त्री केपी शर्मा ओलीले आजै राजीनामा दिइसकेका छन् ।

प्रकाशित मिति : २४ भदौ २०८२, मंगलबार  ४ : ११ बजे

रसुवा बाढी : हालसम्म ७ सय ९४ जनाको शव फेला

काठमाडौं । रसुवामा आएको विनाशकारी बाढीका कारण आइतबार साँझ १७ः४५

‘शव व्यवस्थापन अस्थायी भण्डारण मात्रै हो अन्तिम संस्कार होइन’

चितवन । भोटेकोशी बाढीमा परी मृत्यु भई त्रिशूली र नारायणी

चीनले दिएको ३० करोड रुपैयाँ अर्थमन्त्रीमार्फत प्रधानमन्त्री राहत कोषलाई हस्तान्तरण

काठमाडौं। चीन सरकारले नेपालका बाढी पीडितका लागि घोषणा गरेको नगद

रसुवा बाढी प्रभावित बोकेको बस दुर्घटना, ३२ जना घाइते

बर्दिया । रसुवाको भोटेकोशी नदीमा गएको बाढीपछि उद्धार गरिएका बाढी

प्रधानमन्त्री राहत कोषमा कांग्रेसले एक करोड जम्मा गर्ने

ललितपुर । नेपाली कांग्रेसले बाढीपीडितको सहयोगका लागि प्रधानमन्त्री राहत कोषमा