९ पुस २०८२, बुधबार | December 25, 2025

जेनजी प्रदर्शनबारे बोल्यो नेपाली सेना : ‘नेपाली जनताको जिउधनको रक्षा गर्न नेपाली सेना प्रतिबद्ध’



काठमाडौं । नेपाली सेनाले नेपालमा हाल भइरहेको जेनजी आन्दोलनका विकसित घटनाक्रमहरु बारे नेपाली सेनाले विश्लेषण गरिरहेको जनाएको छ । आज एक वक्तब्य प्रकाशित गर्दै सेनाले नेपालको स्वतन्त्रता, सार्वभौमसत्ता, भौगोलिक अखण्डता, स्वाधिनता, राष्ट्रिय एकताको रक्षा र नेपाली जनताको जिउधनको सुरक्षार्थ विषम गरिस्थितिमा पनि नेपाली सेना प्रतिवद्ध रही आए‌को उल्लेख गरेको छ ।

आन्दोलनको क्रममा हुन पुगेको जनधनको अपूरणीय क्षतिप्रति नेपाली सेनाले गहिरो दुःख प्रकट गर्दै दिवरात आत्माको चिरशान्तिको कामना साथै शोक सन्तप्त परिवारजन प्रति समवेदना र संहानुभूति व्यक्त गरेको छ । सेनाले घाइते विरामीहरुको शीघ्र स्वास्थ्य लाभको कामना समेत गरेको छ ।

‘नेपाल र नेपाली जनताको हित र सुरक्षामा सदैव समर्पित नेपाली सेनाले हाल विकसित अवस्थालाई मध्यनजर गर्दै नेपाल र नेपाली जनताको जिउधनको रक्षा गर्न प्रतिबद्ध रहेको छ,’ वक्तब्यमा लेखिएको छ, ‘यस विषम परिस्थितिमा देशको ऐतिहासिक, सांस्कृतिक, पुराताविक र राष्ट्रिय सम्पतिको संरक्षण गर्नु हामी सबैको साझा दायित्व हो । तसर्थ, विद्यमात्त परिस्थितिलाई थप जटिल हुन नदिन सामाजिक स‌द्भाव तथा राष्ट्रिय एकतालाई कायम राख्दै संयमित हुन नेपाली सेना सम्पूर्ण युवा जनशक्ति र देशवासीमा हार्दिक अनुरोध गर्दछ ।’

प्रकाशित मिति : २४ भदौ २०८२, मंगलबार  ६ : २० बजे

संचारमाध्यमले सत्य तथ्य समाचार संप्रेषण गर्नुपर्ने उपप्रमुख अर्यालको भनाई

बुटवल । महिला समानताका लागी संचार अभियानद्धारा संचालित सामुदायिक रेडियो

विद्यार्थीहरुको हृदयरोगसम्बन्धी निःशुल्क परीक्षण सुरु

भक्तपुर । भक्तपुर नगरपालिकाको आयोजना तथा चीनको युनानस्थित फुवाई युनान

बुटवल उपमहानगरपालिकाको १८ औँ नगरसभा अधिवेशन सम्पन्न, सात प्रस्ताव सर्वसम्मत पारित

बुटवल । बुटवल उपमहानगरपालिका नगरसभाको १८ औँ अधिवेशन बुधबार सम्पन्न

पाटेबाघ बढेसँगै थपियो संरक्षण चुनौती, पीडादायिक बन्दै मानव-बाघ द्वन्द्व

बर्दिया । बर्दिया राष्ट्रिय निकुञ्जमा आजदेखि पाँचौँ पटक बाघ गणना