८ चैत्र २०८२, आइतबार | March 23, 2026

सरकारी सम्पति संरक्षण गर्ने जिम्मेवारी हाम्रै हो : रवि लामिछाने



कठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीका अध्यक्ष रवि लामिछानेले सरकारी सम्पत्तिको क्षति राष्ट्रकै क्षति भएकाले संरक्षण गर्ने जिम्मेवारी पनि हाम्रै भएको बताएका छन । उनले आज एक प्रेस अपिल जारी गर्दै हामी अब अत्यन्त संयमित भइ राष्ट्रका सम्पत्ति जोगाउन जरुरी रहेको स्पष्ट पारे ।

पूर्वउपप्रधानमन्त्री लामिछानेले अपीलमा भनेका छन, “राष्ट्रिय सुरक्षासँग सरोकार राख्ने प्रहरी, सुरक्षा निकाय, न्यायलयलगायत दस्तावेजहरू राष्ट्रका महत्त्वपूर्ण सम्पत्ति हुन्, तिनको संरक्षण गर्न सकिएन भने मुलुकको संवेदनशील दस्तावेजहरू नास हुनसक्छन् । जुन तपाईं हाम्रा लागि र यो देशका लागि अत्यन्त क्षतिपूर्ण हुन सक्छन् ।”

उनले अहिले भएको आन्दोलन विसुद्ध जेनजीको भएकाले मुलुकको अबको नेतृत्व जेनजीकै मागअनुसार र जेनजीकै परिकल्पना अनुरूप अघि बड्नुपर्छ भन्नेमा आफू स्पष्ट रहेको बताएका छन ।

आन्दोलनमा ज्यान गुमाउने सहिदहरूप्रति हार्दिक श्रद्धाञ्जलि अर्पण गर्दै अध्यक्ष लामिछानेले घाइतेहरूको शीघ्र स्वास्थ्य लाभको कामना पनि गरेका छन ।

प्रकाशित मिति : २४ भदौ २०८२, मंगलबार  ९ : १२ बजे

ज्येष्ठ सदस्य केसीले राष्ट्रपति समक्ष शपथ लिने

काठमाडौंँ । प्रतिनिधिसभाका ज्येष्ठ सदस्य अर्जुननरसिंह केसीले राष्ट्रपति रामचन्द्र पौडेल

प्रधानमन्त्री कार्की र रास्वपा सभापति लामिछानेबीच भेट

काठमाडौँ । प्रधानमन्त्री सुशीला कार्कीसँग राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति

नाइट फुटबलको उपाधि ब्रोदर्स एफसीलाई

खजुरा । बाँकेको खजुरामा सम्पन्न नाइट फुटबलको उपाधि आयोजक टिम

चालीस हजार स्थायी शिक्षकको व्यक्तिगत अभिलेख ‘डिजिटलाइजेशन’ गरियो

काठमाडौँ । राष्ट्रिय किताबखानाले हालसम्म चालीस हजार स्थायी शिक्षकको व्यक्तिगत

कांग्रेस सभापति थापाले पदबाट दिएको राजीनामा केन्द्रीय समितिबाट अस्वीकृत

काठमाडौं । गगन थापाले पदबाट दिएको राजीनामा नेपाली कांग्रेसको केन्द्रीय