काठमाडौं । जेनजीका नाममा अराजक समूह पशुपति नाथ मन्दिरमा आक्रमण गर्न पुगेका छन् । मूल ढोकामा पुगेर तोडफोड गर्न थालेपछि नेपाली सेनाको टोली परिचालन गरिएको छ ।
नेपाली सेनाका प्रवक्ता राजाराम बस्नेतले पशुपति क्षेत्रको संरक्षणका लागि सेनाको टोली त्यहाँ पुगिसकेको जानकारी दिएका छन् । यता जेनजीका प्रदर्शनकारीले भने आफूहरुले अबेरसम्म यस्तो स्थिति बनाउने योजना नै नभएको र घुसपैठ भएको बताएका छन् ।
अराजक समूहले पशुपतिभित्र छिर्न खोजिरहेका छन् । बाहिरी क्षेत्रमा प्रदर्शन र नाराबाजी गर्दै तोडफोडको प्रयोग गरेका छन् ।



















प्रतिक्रिया