नेपालगन्ज । आज राती १० बजेबाट नेपाली सेनाले सुरक्षाको कमाण्ड सम्हाल्ने भएको छ । नेपाली सेनाले आज साँझ एक सूचना प्रकाशित गर्दै विषम परिस्थितीको फाइदा उठाई केही समुहले सर्वसाधारण नागरिक तथा सार्वजनिक सम्पत्ति समेतमा अत्याधि क्ष्ति पुर्याउने, लुटपात एवं आगजनी गर्ने कार्य भइरहेको जनाएको छ ।
नेपाली सेनाले सर्वसाधारण नागरिक तथा सार्वजनिक सम्पत्ति समेतमा अत्याधि क्ष्ति पुर्याउने, लुटपात एवं आगजनी गर्ने कार्य नगर्नर नगराउन आग्रह गर्दै यस किसिमका गतिबिधि नरोकिए नेपाली सेना लगायत सम्पूर्ण सुरक्षा निकाय नेपाल र नेपालीको सुरक्षाका लागि स्थिती नियन्त्रण गर्न राती १० बजेबाट दृढ रहने जनाएको छ ।
सेनाले सुरक्षा ब्यवस्था कायम गर्ने कार्यमा सम्पूर्ण राष्ट्रबासीको सहयोगका लागि अपिल समेत गरेको छ । सेनाले तत्पश्चात सुरक्षास्थितीको पुनर्मुल्याँकन गरि थप सूचना जारी गरिने जनाएको छ ।




















प्रतिक्रिया