१३ माघ २०८२, मंगलबार | January 27, 2026

लुटिएका थप हतियार बरामद



काठमाडौँ । नेपाली सेनाले महाराजगञ्ज इलाकाबाट लुटपाट गर्ने चार जना व्यक्तिसहित सात नाल हतियार र उक्त हतियारका म्यागजिन, राउण्ड, ब्युनेटलगायत एसेसरिज तथा व्यक्तिगत सामग्रीहरू बरामद गरेको छ ।

साथै, विशेष सूचनाका आधारमा बालाजु माछापोखरी इलाकाबाट थप १ (एक) नाल हतियार बरामद गरिएको सेनाले विज्ञप्तिमार्फत जनाएको छ । हालसम्म ७३ नाल हतियार बरामद भएको छ ।

यसैगरी, काभ्रेस्थित धुलिखेल जिल्ला कारागारमा कैदीबन्दीको नेपाल प्रहरीसँग झडप भएकामा हाल स्थिति नियन्त्रणमा आएको छ ।

त्यसैगरी, डिल्लीबजार कारागारमा लागेको आगो नेपालीसेना तथा अन्य निकायको प्रयासमा नियन्त्रणमा आएको सेनाले जनाएको छ । सुरक्षा फौजले विभिन्न जिल्लामा कारागारबाट फरार कैदीबन्दीमध्ये सप्तरीमा चार, सुनसरीमा २०२, रुकुम (पश्चिम)मा ४३, कपिलवस्तुमा ५० र म्याग्दीमा चार जनालाई पक्राउ गरेको छ ।

प्रकाशित मिति : २५ भदौ २०८२, बुधबार  ७ : ०३ बजे

रसुवा भन्सार कार्यालयद्वारा एक अर्ब १६ करोड राजस्व सङ्कलन

रसुवा । रसुवा भन्सार कार्यालयले चालु आर्थिक वर्षको छ महिनामा

पार्टीका उम्मेदवारलाई जिताउन जिल्ला सभापतिहरूलाई कांग्रेसको परिपत्र

काठमाडौं । नेपाली कांग्रेसले फागुन २१ गते हुने निर्वाचनमा पार्टीलाई

सिङ्गा तातोपानीमा बजार संरक्षण योजना कार्यान्वयनमा

म्याग्दी । म्याग्दी नदीको कटान र बाढीको जोखिममा रहेको बेनी

पेट्रोलियम पदार्थ आयात निरन्तर उकालो

वीरगञ्ज । वीरगञ्ज हुँदै चालु आर्थिक वर्षको छ महिनामा रु

‘ब्लु हिल’मा पर्यटकीय पूर्वाधार निर्माण गरिँदै

गलकोट । बागलुङ नगरपालिकाको गौरवको आयोजनाका रूपमा रहेको बागलुङ नगरपालिका-९