१९ मंसिर २०८२, शुक्रबार | December 5, 2025

जेनजी आन्दोलन : तीन प्रहरीको मृत्यु भएको पुष्टि



काठमाडौँ । जेनजी पुस्ताका नाममा भएको हिंसात्मक प्रदर्शनमा घाइते भएका तीन जना प्रहरीको मृत्यु भएको छ ।

नेपाल प्रहरीका केन्द्रीय प्रवक्ता, प्रहरी नायब महानिरीक्षक विनोद घिमिरेले आज उनीहरूको मृत्यु पुष्टि भएको जानकारी दिए ।

उनले महाराजगञ्ज प्रहरी वृत्तमा कार्यरत प्रहरी सहायक निरीक्षक मिलन राई र प्रहरी जवान उत्तम थापा तथा कोटेश्वरका प्रहरी जवान अमृत गुरुङको उपचारका क्रममा आज मृत्यु भएको जानकारी दिए ।

यो सँगै उक्त आन्दोलनमा मृत्यु हुनेको सङ्ख्या २२ पुगेको छ । यसअघि यही भदौ २३ गते भएको जेनजी पुस्ताको आन्दोलनमा १९ जनाको मृत्यु भएको थियो । अन्य ४०० बढी घाइते भएका थिए ।

यसैबीच उनले अहिलेसम्म देशभरका विभिन्न कारागारबाट १३ हजार ५०० बढी कैदी तथा ५०० जति थुनुवा पनि फरार भएका जानकारी दिए ।

ती मध्ये केहीलाई भने पक्राउ गरिएको उनले बताए ।

प्रकाशित मिति : २५ भदौ २०८२, बुधबार  ८ : १२ बजे

प्रधानमन्त्री कार्कीको आह्वानमा आज सर्वपक्षीय बैठक बस्दै

काठमाडौँ । प्रधानमन्त्री सुशीला कार्कीबाट आह्वान भएको सर्वपक्षीय बैठक आज

सातवटा विद्युत ग्रिड सबस्टेसन स्वचालित प्रणालीमा सञ्चालन

काठमाडौं । नेपाल विद्युत प्राधिकरणका पुराना सातवटा ग्रिड सबस्टेसन स्वचालित

दुई पटकको सूचनामा पनि उपकुलपतिका लागि परेन निवेदन

काठमाडौँ । सहिद दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालयको उपकुलपति पदमा

सुनचाँदीको मूल्यमा सामान्य गिरावट

काठमाडौँ । बिहीबारको तुलनामा आज सुनचाँदीको मूल्यमा केही कमी आएको

प्रतिनिधिसभा निर्वाचनको तयारी तीव्र, यस्तो छ कार्यतालिका

काठमाडौं । आगामी फागुन २१ गतेका लागि तय भएको प्रतिनिधिसभा