३० जेष्ठ २०८३, शनिबार | June 13, 2026

शिवपुरीबाट जेनजीलाई ओलीको सन्देश – तिमीहरूको निर्दोष अनुहार देखाएर गलत राजनीति गर्ने प्रयास भयो

‘मेरा सन्तान भएनन्, तर सन्तान गुमाउँदाको पीडा मलाई थाहा छ’



काठमाडौं । नेकपा (एमाले)का अध्यक्ष तथा पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले शिवपुरीस्थित नेपाली सेनाको सुरक्षा घेराभित्र बसेर जेनजी आन्दोलनमा संलग्न युवापुस्तालाई सन्देश पठाएका छन् ।

‘प्रिय जेनजी बाबुनानीहरू’ शीर्षकमा जारी सन्देशमा उनले आफ्नो व्यक्तिगत पीडा, राजनीतिक संघर्ष र व्यवस्थाप्रतिको अडानबारे उल्लेख गरेका छन् ।

ओलीले आन्दोलनका क्रममा प्रहरीको गोलीबाट ज्यान गुमाएका युवाप्रति श्रद्धाञ्जली अर्पण गर्दै आफूले पनि जीवनमा सन्तान गुमाउने पीडा भोगेको स्मरण गरेका छन् । उनले लेखेका छन्, “व्यवस्था परिवर्तनको लडाइँमा सत्ताले दिएको यातनाका कारण मेरा आफ्नै सन्तान भएनन्, तर ‘बा’ बन्ने रहर कहिल्यै मरेन ।”

२०५१ सालमा गृहमन्त्री हुँदा आफ्नो कार्यकालमा राज्यतर्फबाट एक राउण्ड पनि गोली नचलेको स्मरण गर्दै उनले आफू सधैं शान्तिपक्षमा उभिएको दाबी गरेका छन् । तर हालको आन्दोलनलाई तोडमोड गरी विध्वंसात्मक गतिविधि गराउने गहिरो षड्यन्त्र भइरहेको पनि आरोप लगाए ।

ओलीले भनेका छन्, “देशका महत्त्वपूर्ण कार्यालयहरूमा आगजनी, कारागार तोडफोड यत्तिकै भएका होइनन्। तिमीहरूको निर्दोष अनुहार देखाएर गलत राजनीति गर्ने प्रयास भइरहेको छ ।”

आफ्नो स्वभावलाई ‘जिद्दी’ भनेर व्याख्या गर्दै उनले लिपुलेक, कालापानी, लिम्पियाधुरा नेपालको हो भन्ने अडानदेखि श्रीरामको जन्मभूमि नेपालमै भएको दाबीसम्मको प्रसङ्ग सम्झाए । “यी जिद्दीमा म नहटेको भए अवसर धेरै पाउने थिए । तर सम्पत्ति राज्यलाई दिए, पद-प्रतिष्ठा मेरो लागि कहिल्यै मुख्य थिएन,” उनले भने ।

ओलीले लोकतान्त्रिक व्यवस्थाको रक्षा गर्नु आफ्नो जीवनको ध्येय रहेको पनि दोहोर्याए । उनका अनुसार, यही व्यवस्थाले युवालाई बोल्ने, हिँड्ने र प्रश्न गर्ने अधिकार दिएको छ ।

सोमबारदेखि सुरु भएको जेनजी आन्दोलनमा सरकारले गरेको निर्मम दमन र त्यसपछिका घटनामा मृत्यु हुनेको संख्या ३० पुगेको छ । सोमबार मात्र प्रहरीले गोली चलाउँदा १९ जना युवाको ज्यान गएको थियो ।

मंगलबार आन्दोलन नियन्त्रणबाहिर जाँदा खर्बौँ रुपैयाँ बराबरको सार्वजनिक सम्पत्ति र संवेदनशील कागजात जलेर नष्ट भएका थिए । नागरिक तहबाट राजीनामाको माग भएपछि पनि ओलीले ढिलाइ गरेका थिए । तर परिस्थिती गम्भीर बन्दै गएपछि उनले बुधबार राष्ट्रपतिलाई राजीनामा बुझाएर सेनाको हेलिकोप्टरमार्फत शिवपुरीस्थित सुरक्षित स्थानतर्फ लागेका थिए ।

प्रकाशित मिति : २५ भदौ २०८२, बुधबार  ९ : ०२ बजे

कृत्रिम पोखरी निर्माणपछि घट्यो मानव–वन्यजन्तु द्वन्द्व

नेपालगन्ज । बाँके राष्ट्रिय निकुञ्जद्वारा निर्माण गरिएका कृत्रिम पोखरीका कारण

पार्टी शुद्धीकरण र पुनर्गठनका लागि एमालेले प्रदेशबाट सुझाव सङ्कलन थाल्यो

काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टी (एमाले) ले पार्टी शुद्धीकरण, सुदृढीकरण,

बालुवामा पुरिएर मजदुरको मृत्यु

दाङ । एस्काभेटरले फालेको बालुवामा पुरिएर एक जना मजदुरको मृत्यु

आर्थिक तथा प्राविधिक अभाव हुँदा करोडौँका डायलासिस मसिन प्रयोगविहीन

नवलपरासी । भौतिक संरचना र प्राविधिक अभाव हुँदा करोडौँ मूल्यका

नक्खु कारागारबाट फरार कैदी सिन्धुपाल्चोकबाट पक्राउ

काठमाडौँ । जेनजी आन्दोलनका क्रममा ललितपुरको नक्खु कारारागारबाट फरार भएका