१४ भदौ २०८३, आइतबार | August 30, 2026

बालेनले गरे राष्ट्रपतिलाई सम्बोधन : ‘ऐतिहासिक क्रान्तिलाई संरक्षण गर्न अन्तरिम सरकारको माग’



काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेललाई अज्ञात स्थलमा राखेर सुरक्षाको बागडोर सम्हालेको नेपाली सेनालाई नजरअन्दाज गर्दै काठमाडौं महानगरपालिकाका प्रमुख बालेन्द्र साह ‘बालेन’ले राष्ट्रपतिलाई सम्बोधन गर्दै अन्तरिम सरकार गठनको माग गरेका छन् । नेपाली सेनाको जङ्गी अड्डामा प्रधानमन्त्रीको योग्यता प्रस्तुत गर्न लाईन लागिरहेका बेला बालेनले राष्ट्रपतिसँग अन्तरिम सरकार गठनको माग गरेका हुन् ।

उनले सामाजिक सञ्जाल मार्फत जेनजीहरुले ल्याएको ऐतिहासिक क्रान्तिलाई संरक्षण गर्न अविलम्ब अन्तरिम सरकारको गठन र संसदको विघटन गर्न माग गरेका छन् । ‘जेनजीहरुले ल्याएको ऐतिहासिक क्रान्तिलाई संरक्षण गर्न अन्तरिम सरकारको गठन र संसदको विघटन अविलम्ब गर्नु होला ।गर्नु होला ।’ उनले लेखेका छन् ।

बालेनले अहिले देश एउटा इतिहासमै नभएको फरक परिस्थितिमा रहेको उल्लेख गर्दै जेनजीहरूले अहिले सुनौलो भविष्यतर्फ कदम चाल्दै गरेको जिकिर गरेका छन् ।

जेन–जी तथा सम्पूर्ण नेपालीहरूलाई आग्रह गर्दै बालेनले लेखेका छन्, ‘यो बेला कृपया नआत्तिनु होला, धैर्य राख्नु होला।अब देश अन्तरिम सरकारमा जाँदैछ, जसले देशमा नयाँ चुनाव गराउनेछ।यो अन्तरिम सरकारको काम भनेको चुनाव गराउने,देशलाई नयाँ जनादेश दिने हो।’

उनले अन्तरिम र चुनावी सरकारको नेतृत्व गर्नका लागि जेनजीहरूबाट आएको प्रस्ताव पूर्व प्रधानन्यायाधीश श्रीमान् सुशीला कार्कीप्रति आफ्नो पूर्ण समर्थन रहेको जनाएका छन् । जेनहरूको सुझबुझ, विवेक र एकतालाई हृदयदेखि सम्मान गर्दे उनले प्रशंसा गरेका छन् ।

उनले हतारमा नेतृत्वमा आउन चाहेकाहरुलाई जेनजीहरुको जोश, सोच, इमानदारीता देशलाई स्थायी रूपमा चाहिएको उल्लेख गर्दै त्यसका लागि चुनाव हुने स्पष्ट पारेका छन् । उनले जेनजी समुहलाई हतार नगर्न पनि सुझाएका छन् ।

आज नै धरानका मेयर हर्क साम्पाङ, मेडिकल ब्यवसायी दुर्गा प्रसाई लगायतले प्रधानसेनापति अशोक सिग्देलसँग भेटेर आफु नेतृत्व सम्हाल्न योग्य भएको दाबी प्रस्तुत गरेको बताइएको छ ।

प्रकाशित मिति : २५ भदौ २०८२, बुधबार  १० : ४७ बजे

रसुवा बाढी : हालसम्म ७ सय ९४ जनाको शव फेला

काठमाडौं । रसुवामा आएको विनाशकारी बाढीका कारण आइतबार साँझ १७ः४५

‘शव व्यवस्थापन अस्थायी भण्डारण मात्रै हो अन्तिम संस्कार होइन’

चितवन । भोटेकोशी बाढीमा परी मृत्यु भई त्रिशूली र नारायणी

चीनले दिएको ३० करोड रुपैयाँ अर्थमन्त्रीमार्फत प्रधानमन्त्री राहत कोषलाई हस्तान्तरण

काठमाडौं। चीन सरकारले नेपालका बाढी पीडितका लागि घोषणा गरेको नगद

रसुवा बाढी प्रभावित बोकेको बस दुर्घटना, ३२ जना घाइते

बर्दिया । रसुवाको भोटेकोशी नदीमा गएको बाढीपछि उद्धार गरिएका बाढी

प्रधानमन्त्री राहत कोषमा कांग्रेसले एक करोड जम्मा गर्ने

ललितपुर । नेपाली कांग्रेसले बाढीपीडितको सहयोगका लागि प्रधानमन्त्री राहत कोषमा