८ चैत्र २०८२, आइतबार | March 22, 2026

जेनजी समूह र नेपाली सेनाबीच आज वार्ता सम्भव छ ? नेतृत्व विवादले अन्योल कायम



काठमाडौं । जेनजी आन्दोलन र नेपाली सेनाबीच आज वार्ता हुने भनिए पनि प्रक्रिया र नेतृत्व विवादले अन्योल कायमै छ ।

बुधबार जंगी अड्डामा वार्ता प्रयास भए पनि जेनजी समूहले नेतृत्वमा कसलाई अघि सार्ने भन्ने विवादका कारण छलफल स्थगित भएको थियो । एक समूहले पूर्वप्रधानन्यायाधीश सुशीला कार्कीलाई वार्ता टोलीको नेतृत्व दिनुपर्ने बताउँदा, अर्को समूह हर्क साम्पाङको नाम लिएर पुगेका थिए ।

जेनजीबीच सहमति नजुटेपछि नेपाली सेनाले बिहीबार मात्रै औपचारिक छलफल गर्न सकिने भन्दै “ग्रुप लिडर” एकजनाको नाम र नेतृत्व टोलीको सम्पर्क नम्बर लिएर आउन आग्रह गरेको थियो ।

यसैबीच, जेनजी आन्दोलनले सुशीला कार्कीलाई औपचारिक रूपमा अगाडि सार्ने निर्णय गरेको छ । काठमाडौं महानगरका मेयर बालेन शाहले पनि कार्कीप्रति समर्थन व्यक्त गरेका छन् ।

कार्कीले जेनजीको प्रस्तावलाई सकारात्मक रूपमा लिएको भए पनि प्रक्रियागत जटिलताबारे प्रश्न उठाएकी छन् । उनका नजिकका स्रोतका अनुसार, संसद् विघटन नभइसकेको र दलहरू विद्यमान रहँदा जंगी अड्डामा वार्ता गर्नु कानुनी दृष्टिले उपयुक्त हुन्छ कि हुँदैन भन्ने अन्योल कायमै छ ।

त्यसैले आज नै नेपाली सेना र जेनजीबीच औपचारिक वार्ता हुने वा नहुने निश्चित भइसकेको छैन ।

प्रकाशित मिति : २६ भदौ २०८२, बिहिबार  ८ : १८ बजे

सिंहदरबार सुरक्षा प्रवन्धबारे गृहमन्त्रालयमा बैठक

काठमाडौं । सिंहदरबार सुरक्षा प्रवन्धका लागि गृहमन्त्री ओमप्रकाश अर्यालको अध्ययक्षता

देशभरिका निजी अस्पतालको सर्वेक्षण गरिँदै

काठमाडौँ । राष्ट्रिय तथ्याङ्क कार्यालयले देशभरका निजी स्वास्थ्य संस्था (अस्पताल)को

क्षितिज थापालाई ‘मिस्टर रामपिथेकस २०८२’ उपाधि

बुटवल । बुटवलमा सम्पन्न ‘मिस्टर रामपिथेकस राष्ट्रव्यापी शारीरिक सुगठन तथा

पाल्पाको तिनाउ ड्याममा डुबेर दुई भारतीय किशोर बेपत्ता

बुटवल । पाल्पाको तिनाउ ड्याम साइटमा डुबेर दुई जना भारतीय

नेप्से परिसूचकमा उच्च अङ्कको उछाल

काठमाडौं । साताको कारोबारको पहिलो दिन नेपाल स्टक एक्सचेञ्ज (नेप्से)