१५ माघ २०८२, बिहिबार | January 29, 2026

नौवस्ता कारागारबाट भागेका सात कैदीबन्दी पक्राउ



नेपालगन्ज । बाँकेको नौवस्ता कारागारबाट भागेका सात कैदीबन्दीलाई नेपाल भारत सीमा क्षेत्रबाट पक्राउ गरिएको छ । उनीहरुमध्ये एक जनाले इलाका प्रहरी कार्यालय, कोहलपुरमा आत्मसर्मपण गरेका छन् भने अन्य छ जनालाई जिल्ला प्रहरी कार्यालय, बाँकेले पक्राउ गरेको कारागारका जेलर जालन्धर भुसालले जानकारी दिए ।

“प्रहरी कार्यालयमा रहेकालाई पनि आजै कारागारमा ल्याउने तयारी भएको छ,” उनले भने । दुई दिनअघि मात्रै कारागारबाट १४७ कैदीबन्दी फरार भएका थिए । कारागारमा ५८५ कैदीबन्दी थिए ।

जेलर भुसालले फरार भएका कैदीबन्दीको खोजी भइरहेको बताए । दुई दिनअघि नौवस्तास्थित बालसुधारगृहमा झडप हुँदा पाँच जनाको मृत्यु समेत भएको थियो । सो घटनामा अन्य सात जना घाइते भएका थिए ।

जिल्लाको नौवस्ता कारागारको बालसुधार गृहबाट ७६ र डुडुवा गाउँपालिकास्थित जयन्दु बालसुधार गृहबाट १२२ बालबन्दी भागेका थिए । जयन्दु बालसुधार गृहमा २२८ जना बालबन्दी थिए ।

प्रकाशित मिति : २६ भदौ २०८२, बिहिबार  १२ : १८ बजे

निर्वाचनका लागि भयमुक्त वातावरण निर्माण सरकारको उच्च प्राथमिकतामा छ : गृहमन्त्री अर्याल

काठमाडौं । गृहमन्त्री ओमप्रकाश अर्यालले सरकारले निर्वाचन सुरक्षा मजबुत बनाई

पर्सा निकुञ्जमा बाघ गणना थालियो

वीरगञ्ज । चितवन र पर्सा राष्ट्रिय निकुञ्जको तेस्रो खण्ड (ब्लक)मा

मधेस प्रदेशका एकहजार दुई सय ४६ मतदानस्थल अति संवेदनशील

जनकपुरधाम । आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनअन्तर्गत मधेस

अवरुद्ध कागबेनी-मुक्तिनाथ सडकको हिउँ पन्छ्याउन सुरु

मुस्ताङ । भारी हिमपातका कारण अवरुद्ध कागबेनी–मुक्तिनाथ सडक खुलाउन पहल

आन्तरिक उडान सुचारू

काठमाडौँ । आज बिहानैदेखि लागेको बाक्लो हुस्सु तथा कुहिरोको कारण