२१ मंसिर २०८२, आइतबार | December 7, 2025

बोल्यो एमाले : अबको निकास लोकतान्त्रिक विधिबाटै हुनुपर्छ



काठमाडौं । नेकपा (एमाले)ले देशको राजनीतिक निकास संविधानसम्मत र लोकतान्त्रिक विधिबाट खोजिनुपर्नेमा जोड दिएको छ।

जेनजीको आन्दोलनका कारण दुईदिन अघि सत्ताबाट बाहिरिन पुगेको एमालेका महासचिव शंकर पोखरेलले बिहीबार जारी गरेको विज्ञप्तिमा राष्ट्रपतिलाई यसको नेतृत्वदायी पहलकदमी लिन आग्रह गरेको छ ।

विज्ञप्तिमा भनिएको छ, ‘प्रधानमन्त्रीको राजिनामापछि अबको निकास संविधान र लोकतान्त्रिक प्रक्रियाबाट खोजिनुपर्छ भन्ने हाम्रो स्पष्ट अडान हो। सुशासन, नातावादको अन्त्य, तीव्र विकास र रोजगारी सिर्जनाजस्ता युवा पुस्ताका मुद्दालाई सम्बोधन गर्नुपर्छ। यसका लागि संविधानको मर्मअनुसार सार्थक संवाद र पहलकदमीका लागि सम्माननीय राष्ट्रपतिज्यूलाई अनुरोध गर्दछौं।’

एमालेले संघीय संसद, न्यायपालिका, प्रदेशसभा, प्रदेश सरकार र स्थानीय तहहरूले लोकतन्त्रको रक्षामा रचनात्मक भूमिका खेल्नुपर्ने बताएको छ। ‘यी सबै निकायले आ(आफ्नो स्थानबाट लोकतन्त्रको संरक्षण र सुदृढीकरणमा योगदान पुर्‍याउनुपर्छ,’ विज्ञप्तिमा उल्लेख छ, ‘स्थानीय तहहरूले निर्वाध सेवा प्रवाहको वातावरण बनाउनुपर्छ।’

पार्टीले संविधान, लोकतन्त्र, गणतन्त्र, शान्ति र राष्ट्रिय स्वाभिमानप्रति प्रतिबद्ध सबै राजनीतिक दलहरूलाई संवाद र सहमतिका लागि आह्वान गरेको छ। ‘हामी सबैलाई पारस्परिक संवादमा आउन र संवैधानिक तथा लोकतान्त्रिक उपलब्धिको रक्षाका लागि समझदारी कायम गर्न आग्रह गर्दछौं,’ विज्ञप्तिमा भनिएको छ।

स्थिति सामान्य भएपछि पार्टीको बैठक बसी समग्र परिस्थितिको समीक्षा गरिने र आवश्यक निर्णय लिइने एमालेले जनाएको छ। ‘हाम्रो भूमिकाको आत्मसमीक्षा हुनेछ र आगामी कार्यदिशाबारे औपचारिक निर्णय गरिनेछ,’ विज्ञप्तिमा उल्लेख छ।

 

प्रकाशित मिति : २६ भदौ २०८२, बिहिबार  ३ : १५ बजे

किशोर किशोरी डिजिटल पार्क सञ्चालन गर्दै बागमती प्रदेश स्वास्थ्य मन्त्रालय

भक्तपुर । किशोर किशोरीको यौन तथा प्रजनन् स्वास्थ्यसम्बन्धी सुरक्षित व्यवहार

सुनको मूल्य तोलामा दुई लाख ५२ हजार २०० कायम

काठमाडौं । शुक्रबारको तुलनामा आज सुनचाँदीको मूल्यमा केही कमी आएको

गृहजिल्लामा जनार्दन शर्मा विरुद्ध कालोझण्डा प्रदर्शन

काठमाडौं । पूर्वमाओवादी नेता जनार्दन शर्मालाई गृहजिल्ला रुकुम पश्चिममा उनका

एम्बुलेन्सबाट ५१ किलो गाँजा बरामद

सर्लाही । एम्बुलेन्सबाट ५१ किलो गाँजा बरामद भएको छ ।

प्रतिनिधि छनौटमा पाखुरा सुर्किएको भन्दै गोकुल बास्कोटा भन्छन् – ‘घातक संस्कार हुर्कन दिन हुँदैन’

काठमाडौं । नेकपा एमालेको महाधिवेशनअघिको प्रतिनिधि छनौट प्रक्रिया देशका विभिन्न