८ चैत्र २०८२, आइतबार | March 22, 2026

बोल्यो एमाले : अबको निकास लोकतान्त्रिक विधिबाटै हुनुपर्छ



काठमाडौं । नेकपा (एमाले)ले देशको राजनीतिक निकास संविधानसम्मत र लोकतान्त्रिक विधिबाट खोजिनुपर्नेमा जोड दिएको छ।

जेनजीको आन्दोलनका कारण दुईदिन अघि सत्ताबाट बाहिरिन पुगेको एमालेका महासचिव शंकर पोखरेलले बिहीबार जारी गरेको विज्ञप्तिमा राष्ट्रपतिलाई यसको नेतृत्वदायी पहलकदमी लिन आग्रह गरेको छ ।

विज्ञप्तिमा भनिएको छ, ‘प्रधानमन्त्रीको राजिनामापछि अबको निकास संविधान र लोकतान्त्रिक प्रक्रियाबाट खोजिनुपर्छ भन्ने हाम्रो स्पष्ट अडान हो। सुशासन, नातावादको अन्त्य, तीव्र विकास र रोजगारी सिर्जनाजस्ता युवा पुस्ताका मुद्दालाई सम्बोधन गर्नुपर्छ। यसका लागि संविधानको मर्मअनुसार सार्थक संवाद र पहलकदमीका लागि सम्माननीय राष्ट्रपतिज्यूलाई अनुरोध गर्दछौं।’

एमालेले संघीय संसद, न्यायपालिका, प्रदेशसभा, प्रदेश सरकार र स्थानीय तहहरूले लोकतन्त्रको रक्षामा रचनात्मक भूमिका खेल्नुपर्ने बताएको छ। ‘यी सबै निकायले आ(आफ्नो स्थानबाट लोकतन्त्रको संरक्षण र सुदृढीकरणमा योगदान पुर्‍याउनुपर्छ,’ विज्ञप्तिमा उल्लेख छ, ‘स्थानीय तहहरूले निर्वाध सेवा प्रवाहको वातावरण बनाउनुपर्छ।’

पार्टीले संविधान, लोकतन्त्र, गणतन्त्र, शान्ति र राष्ट्रिय स्वाभिमानप्रति प्रतिबद्ध सबै राजनीतिक दलहरूलाई संवाद र सहमतिका लागि आह्वान गरेको छ। ‘हामी सबैलाई पारस्परिक संवादमा आउन र संवैधानिक तथा लोकतान्त्रिक उपलब्धिको रक्षाका लागि समझदारी कायम गर्न आग्रह गर्दछौं,’ विज्ञप्तिमा भनिएको छ।

स्थिति सामान्य भएपछि पार्टीको बैठक बसी समग्र परिस्थितिको समीक्षा गरिने र आवश्यक निर्णय लिइने एमालेले जनाएको छ। ‘हाम्रो भूमिकाको आत्मसमीक्षा हुनेछ र आगामी कार्यदिशाबारे औपचारिक निर्णय गरिनेछ,’ विज्ञप्तिमा उल्लेख छ।

 

प्रकाशित मिति : २६ भदौ २०८२, बिहिबार  ३ : १५ बजे

सिंहदरबार सुरक्षा प्रवन्धबारे गृहमन्त्रालयमा बैठक

काठमाडौं । सिंहदरबार सुरक्षा प्रवन्धका लागि गृहमन्त्री ओमप्रकाश अर्यालको अध्ययक्षता

देशभरिका निजी अस्पतालको सर्वेक्षण गरिँदै

काठमाडौँ । राष्ट्रिय तथ्याङ्क कार्यालयले देशभरका निजी स्वास्थ्य संस्था (अस्पताल)को

क्षितिज थापालाई ‘मिस्टर रामपिथेकस २०८२’ उपाधि

बुटवल । बुटवलमा सम्पन्न ‘मिस्टर रामपिथेकस राष्ट्रव्यापी शारीरिक सुगठन तथा

पाल्पाको तिनाउ ड्याममा डुबेर दुई भारतीय किशोर बेपत्ता

बुटवल । पाल्पाको तिनाउ ड्याम साइटमा डुबेर दुई जना भारतीय

नेप्से परिसूचकमा उच्च अङ्कको उछाल

काठमाडौं । साताको कारोबारको पहिलो दिन नेपाल स्टक एक्सचेञ्ज (नेप्से)