१४ भदौ २०८३, आइतबार | August 30, 2026

संवैधानिक मार्गबाट शान्तिपूर्ण समाधान खोज्न सबै पक्षलाई शेखर कोइरालाको आग्रह



काठमाडौं । नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले जेनजी आन्दोलनका जायज मागहरू संविधान र कानूनी प्रक्रियाभित्रै रही समाधान गर्नुपर्नेमा जोड दिएका छन्।

नेता कोइरालाले सामाजिक सञ्जालमार्फत विज्ञप्ति जारी गर्दै जेनजी पुस्ताका युवाहरुले भ्रष्टाचार र बेथितिविरुद्ध उठाएको आवाजप्रति पूर्ण समर्थन व्यक्त गरेका छन्।

आन्दोलनपछि मुलुकमा देखिएको राजनीतिक रिक्तता तत्काल भरिनुपर्ने आवश्यकता औंल्याउँदै उनले सहमति, सहकार्य र एकता कायम गरी संवैधानिक मार्गबाट शान्तिपूर्ण समाधान खोज्न सबै पक्षलाई आग्रह गरेका छन्। ‘जेनजी युवाहरूको न्यायोचित माग संविधानभित्रै रहेर समाधान गर्न सकिन्छ’, भन्दै उनले करिब ६५ वर्ष लामो संघर्ष, त्याग र बलिदानपछि संविधानसभाबाट निर्माण भएको संविधानलाई आधार बनाएर आगामी राजनीतिक यात्रा अघि बढाउन अपिल गरेका छन्।

संवैधानिक समाधानका लागि राष्ट्रपति रामचन्द्र पौडेलले चालेको पहल सराहनीय रहेको उल्लेख गर्दै कोइरालाले यसमा सबैको साथ र समर्थन रहने विश्वास व्यक्त गरेका छन्।

भदौ २३ र २४ गते भएको आन्दोलनका क्रममा ज्यान गुमाएकाप्रति श्रद्धाञ्जली अर्पण गर्दै कोइरालाले शोकसन्तप्त परिवारप्रति समवेदना प्रकट गरेका छन् भने घाइते भएका सबैको शीघ्र स्वास्थ्य लाभको कामना गरेका छन्।

नेता कोइरालाले आफ्नो पार्टीका सभापति शेरबहादुर देउवासहितका पार्टी नेता–कार्यकर्तामाथि, आन्दोलनकारी तथा सुरक्षाकर्मीमाथि भएको आक्रमणको निन्दा गरेका छन्।

कोइरालाले सरकारी तथा सार्वजनिक सम्पत्ति, सञ्चार गृह, उद्योग, व्यवसाय, कलकारखाना र निजी भवनहरूमा गरिएको तोडफोड, लुटपाट तथा व्यक्तिगत आक्रमणलाई जघन्य अपराध भन्दै घोर भत्र्सना गरेका छन्।

 

 

प्रकाशित मिति : २६ भदौ २०८२, बिहिबार  ८ : १४ बजे

‘शव व्यवस्थापन अस्थायी भण्डारण मात्रै हो अन्तिम संस्कार होइन’

चितवन । भोटेकोशी बाढीमा परी मृत्यु भई त्रिशूली र नारायणी

चीनले दिएको ३० करोड रुपैयाँ अर्थमन्त्रीमार्फत प्रधानमन्त्री राहत कोषलाई हस्तान्तरण

काठमाडौं। चीन सरकारले नेपालका बाढी पीडितका लागि घोषणा गरेको नगद

रसुवा बाढी प्रभावित बोकेको बस दुर्घटना, ३२ जना घाइते

बर्दिया । रसुवाको भोटेकोशी नदीमा गएको बाढीपछि उद्धार गरिएका बाढी

प्रधानमन्त्री राहत कोषमा कांग्रेसले एक करोड जम्मा गर्ने

ललितपुर । नेपाली कांग्रेसले बाढीपीडितको सहयोगका लागि प्रधानमन्त्री राहत कोषमा

रास्वपा सभापति लामिछाने र बागमतीका मुख्यमन्त्री थापाबीच भेटवार्ता

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछाने र