२६ बैशाख २०८३, शनिबार | May 9, 2026

रुपन्देहीमा राति १० बजेदेखि कर्फ्यु आदेश



बुटवल । रुपन्देहीमा आज राति १० बजेदेखि भोलि बिहान ६ बजेसम्म कर्फ्यु आदेश जारी गरिएको छ । जिल्ला सुरक्षा समितिको निर्णयअनुसार कर्फ्यु आदेश जारी गरिएको रुपन्देहीका प्रमुख जिल्ला अधिकारी डा टोकराज पाण्डेले बताए । स्थानीय प्रशासन ऐन, २०२८ को दफा २६ (क) बमोजिम आदेश जारी गरिएको उनले जानकारी दिए ।

कर्फ्यु अवधिभर आदेशको उल्लंघन गरी कसैले आवातजावत गर्न, कुनै पनि प्रकारको भेला, जुलुस, प्रदर्शन, सभा, बैठक, घेराउ गरेमा प्रचलित कानुनअनुसार कारवाही गरिने जिल्ला प्रशासन कार्यालय रुपन्देहीले जनाएको छ ।

रुपन्देही जिल्लाका विभिन्न क्षेत्रमा हुन सक्ने प्रदर्शन, जुलुस, हुल दंगा तथा झडप आदिका कारण प्रतिकूल अवस्था सृर्जना भइ शान्ति सुरक्षा भंग हुनसक्ने परिस्थितिलाई दृष्टिगत गरी कर्फ्यु आदेश जारी गरिएको प्रजिअ डा पाण्डेले जानकारी दिए ।

प्रकाशित मिति : २६ भदौ २०८२, बिहिबार  १० : १९ बजे

वनको दाउरा कसले लिने भन्ने विषयमा विवादपछि एक जनाको ज्यान गयो

घोराही । जिल्लाका राजपुर गाउँपालिका–४ मोतीपुरस्थित एक सामुदायिक वनमा दाउरा

रसुवा भन्सारमा सामान जाँचपास सुरु

रसुवा । अधिकतम खुद्रा मूल्य (एमआरपी) स्टिकर नलागेका कारण रोकिएको

अनलाइन प्रणालीसँगै भारतीय सवारी निगरानी कडाइ

भैरहवा । नेपाल प्रवेश गर्ने भारतीय सवारीसाधन माथिको निगरानी थप

सहकारी नियमन प्राधिकरणको अध्यक्ष र विज्ञ सदस्य पदका लागि दरखास्त आह्वान

काठमाडौँ । सरकारले राष्ट्रिय सहकारी नियमन प्राधिकरणको अध्यक्ष र विज्ञ

सीताको अग्निपरीक्षा

के तपाईंले कहिल्यै सोच्नुभएको छ, एउटी स्त्रीलाई न्याय चाहिन्छ कि