११ माघ २०८२, आइतबार | January 25, 2026

संसद विघटन असंवैधानिक : नेपाल बार एसोसिएशन



काठमाडौं । नेपाल बार एसोसिएशनले राष्ट्रपति रामचन्द्र पौडेलबाट गरिएको संसद विघटनको कदमप्रति कडा आपत्ति जनाएको छ ।

गएराति नवनियुक्त अन्तरिम प्रधानमन्त्री सुशीला कार्कीको सिफारिसमा राष्ट्रपति पौडेलले संसद विघटन गरेपछि बारले विज्ञप्ति जारी गर्दै उक्त निर्णय असंवैधानिक भएको जनाएको हो ।

बारको विज्ञप्तिमा राष्ट्रपति पौडेलको कदमलाई स्वेच्छाचारी, असंवैधानिक र कानूनी शासन तथा संवैधानिक सर्वोच्चताको उल्लंघन गरिएको ठहर गरिएको छ । उक्त निर्णय लोकतन्त्र, गणतन्त्र र संघीयताजस्ता ऐतिहासिक उपलब्धिलाई कमजोर पार्ने प्रयास भएको बारको दाबी छ ।

प्रतिनिधिसभा विघटन सर्वोच्च अदालतको यसअघिको संसद पुनःस्थापना सम्बन्धी ऐतिहासिक फैसलाविपरीत भएको उल्लेख गर्दै बारले कुनै पनि बहानामा पश्चगामी कदमलाई अस्वीकार गर्ने चेतावनी दिएको छ ।

नेपाल बारले लोकतन्त्रको तत्काल पुनःस्थापना र संवैधानिक सर्वोच्चताको अटल पालना गर्न माग गर्दै सबै सरोकारवालालाई संविधानमा निहित जनचाहनाको सम्मान गर्न र लोकतान्त्रिक उपलब्धिलाई अस्थिर बनाउन सक्ने कुनै पनि कार्यबाट सचेत रहन आह्वान गरेको छ ।

प्रकाशित मिति : २८ भदौ २०८२, शनिबार  ८ : ४४ बजे

लामिछानेविरुद्धको मुद्दामा थप प्रमाण झिकाउन आदेश

काठमाडौँ । सर्वोच्च अदालतले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति

‘फेक रेस्क्यू’को नक्कली कागजात बनाएर करोडौँ ठगी गरेको अभियोगमा छ जना पक्राउ

काठमाडौं । नेपाल प्रहरीले ‘फेक रेस्क्यू’ गरी नक्कली कारोबार गर्ने

सामाजिक सञ्जालको दुरुपयोग रोक्न निर्वाचन आयोगको पहल

काठमाडौँ । निर्वाचनमा सामाजिक सञ्जालबाट हुने निर्वाचन आचारसंहिता उल्लङ्घनको नियमन

राष्ट्रिय झन्डाको दुरुपयोग गरे कारवाही गर्ने गृहको चेतावनी 

काठमाडौं । गृह मन्त्रालयले राष्ट्रिय झन्डाको प्रयोग गर्दा त्यसको उच्च

विवादास्पद व्यापारीको करोडौँको गाडी प्रकरणमा बालेन शाह मौन, पत्रकारको प्रश्न टार्दै हिँडे

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का वरिष्ठ नेता बालेन्द्र