८ चैत्र २०८२, आइतबार | March 22, 2026

नेपाली कांग्रेसद्वारा संसद विघटनको विरोध



काठमाडौं । नेपाली कांग्रेसले प्रतिनिधि सभा विघटनको विरोध गर्ने निर्णय गरेको छ।

राष्ट्रपति रामचन्द्र पौडेलले शुक्रबार नवनियुक्त अन्तरिम प्रधानमन्त्री सुशीला कार्कीको सिफारिसमा प्रतिनिधिसभा विघटन गरेका थिए ।

शनिबार बिहान उपसभापति पूर्णबहादुर खड्काको अध्यक्षतामा बसेको कांग्रेस केन्द्रीय कार्यसम्पादन समिति बैठकले सो कदमलाई असंवैधानिक भन्दै कडा आपत्ति जनाएको हो। बैठकपछि निर्णय सार्वजनिक गर्दै मुख्यसचिव कृष्णप्रसाद पौडेलले जारी गरेको विज्ञप्तिमा भनिएको छ, “संसद विघटनको यो उपक्रम संविधानको भावना, सर्वोच्च अदालतको व्याख्या र लोकतान्त्रिक मूल्यविपरीत छ। यसले लोकतान्त्रिक उपलब्धि धरापमा पारेको छ र जेनजी आन्दोलनको मर्म नै कमजोर पार्ने आशंका उब्जाएको छ।” सभापति देउवा भने आन्दोलनकारीको आक्रमणमा परी गम्भीर घाइते अवस्थामा उपचाररत छन् ।

बैठकमा सातै प्रदेशका सभापति, मुख्यमन्त्री र संसदीय दलका नेताहरू आमन्त्रित रूपमा सहभागी भएका थिए। यसअघि, कांग्रेसले भदौ २५ गते विज्ञप्ति जारी गर्दै राष्ट्रपति पौडेलले संवादमार्फत समाधान खोज्ने पहललाई सकारात्मक ठहर गरेको थियो। पार्टीको भनाइमा, जेनजी आन्दोलनको भावना अनुसार प्रस्तावित व्यक्तिलाई अन्तरिम सरकारको नेतृत्व दिनुपर्ने र संविधानसम्मत बाटोबाट सहमति खोजिनुपर्ने थियो।

कांग्रेसले संविधान संशोधनमार्फत अन्तरिम सरकारलाई वैधानिकता दिने, नयाँ सरकारले निर्वाचन घोषणा गर्ने र लोकतान्त्रिक निकास दिने जिम्मेवार प्रस्ताव अघि सारेको थियो। तर, सोही प्रक्रिया अवलम्बन नगरी संसद विघटन गर्नु दुःखद भएको निष्कर्ष कांग्रेसले निकालेको छ। “हामीले अघि सारेको सहमतिको बाटो अवलम्बन गरिएको भए आन्दोलनकारीको माग सम्बोधन हुने मात्र होइन, संविधानको मर्यादा पनि जोगिने थियो,” विज्ञप्तिमा उल्लेख छ।

कांग्रेसले भदौ २३ र २४ मा भएका अप्रिय घटनाको छानबिन गरी दोषीलाई कारबाही दायरामा ल्याउन, संविधानसभाबाट बनेको संविधान र त्यसले सुनिश्चित गरेका परिवर्तनलाई जोगाउन आग्रह गरेको छ। साथै, संवैधानिक रिक्तता देखाएर लोकतान्त्रिक उपलब्धि उल्ट्याउने प्रयास नगर्न चेतावनीसमेत दिएको छ।

प्रकाशित मिति : २८ भदौ २०८२, शनिबार  ११ : १३ बजे

कांग्रेसको देउवा समूहले बोलायो १४औं महाधिवेशनबाट निर्वाचित कार्यसमिति बैठक

काठमाडौं । १४औं महाधिवेशनबाट सभापतिमा निर्वाचित शेरबहादुर देउवा नेतृत्वको समूहले

परम्परागत ज्ञान र आधनिक विज्ञानमार्फत हिमाली चरनभूमि संरक्षण गरिँदै

काठमाडौं । परम्परागत ज्ञान र आधुनिक विज्ञानमार्फत मुलुकका उच्च हिमाली

पोखरा अन्तर्राष्ट्रिय विमानस्थल निर्माण : अख्तियारद्वारा पुनः २१ जना विरुद्ध मुद्दा दायर

काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले पोखरा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थल

आठ महिनामा करिब ११ खर्ब व्यापार घाटा

काठमाडौँ । चालु आर्थिक वर्ष २०८२/८३ को दोस्रो चौमासिक अवधिसम्ममा

CFRD and GCD Deliver Panda Packs to 5,005 Students Across 56 Rural Nepali Schools

Kathmandu: week-long intensive educational mission across Nepal’s rural heartlands concluded