८ चैत्र २०८२, आइतबार | March 22, 2026

जुक्तिले प्राप्त अवसरको सदुपयोग गर्दै जनता रिझाउन दलहरुलाई राष्ट्रपतिको आग्रहआग्रह



काठमाडौं । मुलकका आठ राजनीतिक दलले प्रतिनिधिसभा बिघटनको निर्णयलाई असंबैधानिक भन्दै फिर्ता गर्न माग गरिरहेकै बेला राष्ट्रपति रामचन्द्र पौडेलले कठिन परिस्थितिमा शान्तिपूर्ण निकास निस्किएको भन्दै घोषित चुनाव सम्पन्न गराउने काममा सहयोग गर्न सबैलाई अपील गरेका छन् । आज एक विज्ञप्ति प्रशाशित गर्दै राष्ट्रपति पौडेलले जुक्तिले प्राप्त अवसरको सदुपयोग गर्दै जनता रिझाउने र आफैंमा सम्हालिँदै आगामी फागुन २१ गते हुने चुनाव सम्पन्न गराउने काममा सहयोग गर्न सबै पक्षलाई अपील गरेका हुन् ।

साथै राष्ट्रपति पौडेलले आफ्नो निर्णयबाट संविधान, संसदीय प्रणाली र संघीय गणतन्त्र कायम भएको उल्लेख गरेका छन् । ‘बडो जुक्तिले प्राप्त अवसरको सदुपयोग गर्दै जनता रिझाउने र आफैंमा आगामी फागुन २१ गते हुने चुनाव सम्पन्न गराउने काममा सहयोग गर्न म सबै पक्षलाई हार्दिक अपील गर्दछु ।’ राष्ट्रपति पौडेलले भनेका छन् ।

६ महिनाभित्र प्रतिनिधिसभाको निर्वाचन सम्पन्न गरी अझ उन्नत लोकतन्त्रको बाटोमा अघि बढ्न जनताले अवसर पाएको उनले उल्लेख गरेका छन् ।

शुक्रबार राष्ट्रपति पौडेलले पूर्वप्रधानन्यायाधीश सुशीला कार्कीलाई ६ महिनाभित्र चुनाव गराउने म्यान्डेटसहित अन्तरिम सरकारको प्रधानमन्त्रीमा नियुक्त गरेका थिए । लगत्तै शुक्रबार नै प्रधानमन्त्री कार्कीलाई राष्ट्रपति पौडेलले पद तथा गोपनीयताको सपथ खुवाएका थिए ।

प्रधानमन्त्रीमा नियुक्त भएलगत्तै कार्कीले गरेको प्रतिनिधि सभा बिघटनको सिफारिश राष्ट्रपति पौडेलले सदर गरेका गर्दै फागुन २१ मा प्रतिनिधि सभा निर्वाचनको मिति तोकेका थिए ।

प्रतिनिधि बिघटन गर्ने निर्णयप्रति नेपाली कांग्रेस, नेकपा एमाले, नेकपा माओवादी केन्द्रसहितका आठ दलले विरोध जनाइरहेका छन् । साथै उनीहरूले प्रतिनिधिसभा विघटनको निर्णय फिर्ताका लागि राष्ट्रपति समक्ष आग्रह गरेका छन् ।

राष्ट्रपति पौडेलले भने परिस्थितिअनुरुप शान्तिपूर्ण निकास निस्किएको अवस्थामा प्रतिनिधि सभा विघटनको निर्णय स्वीकारेर निर्वाचन गराउन सबैलाई सहयोग गर्न अपील गरेका हुन् ।

प्रकाशित मिति : २८ भदौ २०८२, शनिबार  ८ : ०२ बजे

पोखरा अन्तर्राष्ट्रिय विमानस्थल निर्माण : अख्तियारद्वारा पुनः २१ जना विरुद्ध मुद्दा दायर

काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले पोखरा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थल

आठ महिनामा करिब ११ खर्ब व्यापार घाटा

काठमाडौँ । चालु आर्थिक वर्ष २०८२/८३ को दोस्रो चौमासिक अवधिसम्ममा

CFRD and GCD Deliver Panda Packs to 5,005 Students Across 56 Rural Nepali Schools

Kathmandu: week-long intensive educational mission across Nepal’s rural heartlands concluded

देशका १२३ वटा विद्यालयहरुमा ‘नबिल स्वच्छ खानेपानी अभियान’ संचालनमा

काठमाडौँ । नबिल बैंक लिमिटेडले विश्व पानी दिवसको अवसरमा ‘नबिल

युद्ध सुरु भएदेखि ८० हजार भन्दा बढी नागरिक स्थलमा आक्रमण

काठमाडौं । संयुक्त राज्य अमेरिका र इजरायलले इरानविरुद्धको युद्ध सुरु