२७ असार २०८३, शनिबार | July 11, 2026

जनताद्वारा अभिव्यक्त राष्ट्र निर्माणको दायित्व पूरा गर्न राष्ट्रपतिको आह्वान



काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले मुलुकमा नागरिक स्वतन्त्रताका लागि भएका आन्दोलनमा मधेसी समुदायको भूमिका महत्वपूर्ण रहेको बताएका छन् ।

मधेसी आयोग स्थापना दिवसका अवसरमा आज राष्ट्रपति भवनमा आयोजित कार्यक्रममा उहाँले आन्दोलनका उद्देश्य स्वतन्त्रता, समभाव, सामाजिक न्याय, सुशासन, विकास र समृद्धिसहित राष्ट्रिय एकताको भावना अभिवृद्धि गर्नु रहेको बताए ।

“जनचाहनालाई आत्मसात् गरेर राष्ट्र निर्माणका लागि अघि बढ्नु आजको आवश्यकता हो, हालै सम्पन्न निर्वाचनमार्फत जनताद्वारा अभिव्यक्त देश विकासको दायित्वलाई पूरा गर्न सबै पक्षलाई आह्वान गर्दछु”, राष्ट्रपति पौडेलले भने। साथै उनले मधेसी समुदायले देश विकासमा पु¥याएको योगदानको सराहना गरे ।

आयोगले बितेका सात वर्षमा मधेसी समुदायको पहिचान र अधिकारका लागि आधार खडा गरेको बताउँदै राष्ट्रपतिले आगामी दिनमा पनि आयोग सक्रिय रहने पु¥याउने विश्वास व्यक्त गरे ।

कानुन, न्याय तथा संसदीय मामिलामन्त्री अनिलकुमार सिन्हाले मधेसभित्रका विविध भाषा, कला, संस्कृति र इतिहास नेपालका गौरव भएका बताए । उनले आगामी दिनमा मधेसी समुदायभित्र पछाडि परेका वर्ग, समुदाय, महिला र सीमान्तकृत समूहको हकहितका लागि आयोगले ठोस कार्यक्रम ल्याउने विश्वास व्यक्त गरे।

राष्ट्रिय मानवअधिकार आयोगका अध्यक्ष तपबहादुर मगरले सांस्कृतिक तथा भाषिक अधिकार सम्वर्द्धन र विकास आयोजना कार्यान्वयनमा मधेसी समुदायको सहभागितालगायत विषयमा सरकार जिम्मेवार हुनुपर्नेमा जोड दिए ।

त्यस अवसरमा आयोगका विविध सांस्कृतिक कार्यक्रम पनि प्रस्तुत गरिएको थियो ।

प्रकाशित मिति : ७ चैत्र २०८२, शनिबार  ४ : ०६ बजे

बझाङ जीप दुर्घटनामा तीन जनाको मृत्यु, सात जना गम्भीर घाइते

महेन्द्रनगर । बझाङमा आज अपराह्न भएको जीप दुर्घटनामा तीन जनाको

गण्डकी प्रदेशमा पूर्वाधार विकासका कामले गति लिएको छ : मुख्यमन्त्री पाण्डे

गोरखा । गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले प्रदेशभित्र पूर्वाधार विकासका

पहिरोले सालझण्डी-ढोरपाटन सडक अवरुद्ध, यात्रु अलपत्र

बागलुङ । पहिरोले राष्ट्रिय गौरवको आयोजना सालझण्डी–ढोरपाटन सडक अवरुद्ध भएको

गणेश नेपालीलाई न्याय माग्दै वीर अस्पतालअगाडि प्रदर्शन, सरकारविरुद्ध नाराबाजी

काठमाडौं । आत्मदाहको प्रयासपछि उपचारका क्रममा ज्यान गुमाएका मुगुका गणेश

पशुपतिमा साउने सोमबारको तयारीः सफाइ अभियान सुरु

काठमाडौं । साउन महिनामा आराध्यदेव भगवान् पशुपतिनाथको पूजाआराधना एवं दर्शनका