११ माघ २०८२, आइतबार | January 25, 2026

वेस्ट इन्डिजविरुद्ध खेल्ने नेपाली क्रिकेट टोलीको घोषणा



काठमाडौं । नेपाल क्रिकेट सङ्घ (क्यान)ले वेस्ट इन्डिजविरुद्ध हुने युनिटी कप ट्वान्टी–२० अन्तरराष्ट्रिय शृङ्खलाका लागि नेपालको टोली घोषणा गरेको छ ।

संयुक्त अरब इमिरेट्स (युएई)को शारजाह क्रिकेट रङ्गशालामा आगामी असोज दोस्रो सातामा हुने उक्त शृङ्खलाका लागि क्यानले रोहितकुमार पौडेलको कप्तानीमा १६ सदस्यीय नेपाली टोलीको नाम सार्वजनिक गरेको हो ।

त्यसैगरी नेपाली टोलीको उपकप्तान दीपेन्द्रसिंह ऐरी, विकेटकिपर आसिफ शेख, कुशल भुर्तेल, लोकेस बम, कुशल मल्ल, आदिल आलम, सोमपाल कामी, करण केसी, नन्दन यादव, सन्दीप लामिछाने, आरिफ सेख, सन्दीप जोरा, ललितनारायण राजवंशी, गुलशन झा र साहब आलम छन् ।

टोलीमा आदिल अन्सारी र सन्दीप जोराले भने पुनरागमन गरेको हुन् । आदिल सन् २०२२ पछि पहिलोपटक राष्ट्रिय टोलीमा परेका हुन । त्यस्तै सन्दीप पनि २०२४ को टी ट्वान्टी विश्वकप पछि टोलीमा समावेश भएका हुन् । नेपालले युएईमा वेस्ट इन्डिजविरुद्ध तीन खेलको ट्वान्टी–२० शृङ्खला खेल्दैछ । जसमा नेपालले आगामी असोज ११, १३ र १४ गते खेल्नेछ ।

प्रकाशित मिति : ३० भदौ २०८२, सोमबार  १२ : ४९ बजे

अर्बुदरोग निवारण संस्थाले विश्व क्यान्सर दिवसमा सचेतना कार्यक्रम गर्ने

बुटवल । नेपाल अर्बुद रोग निवारण संस्था रुपन्देहीले विश्व क्यान्सर

लामिछानेविरुद्धको मुद्दामा थप प्रमाण झिकाउन आदेश

काठमाडौँ । सर्वोच्च अदालतले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति

‘फेक रेस्क्यू’को नक्कली कागजात बनाएर करोडौँ ठगी गरेको अभियोगमा छ जना पक्राउ

काठमाडौं । नेपाल प्रहरीले ‘फेक रेस्क्यू’ गरी नक्कली कारोबार गर्ने

सामाजिक सञ्जालको दुरुपयोग रोक्न निर्वाचन आयोगको पहल

काठमाडौँ । निर्वाचनमा सामाजिक सञ्जालबाट हुने निर्वाचन आचारसंहिता उल्लङ्घनको नियमन

राष्ट्रिय झन्डाको दुरुपयोग गरे कारवाही गर्ने गृहको चेतावनी 

काठमाडौं । गृह मन्त्रालयले राष्ट्रिय झन्डाको प्रयोग गर्दा त्यसको उच्च