२७ जेष्ठ २०८३, बुधबार | June 10, 2026

मन्त्रीहरूको शपथमा किन अनुपस्थित भए सभामुख-उपसभामुख ?



काठमाडौं । सोमबार शितलनिवासमा आयोजित मन्त्रीहरुको शपथग्रहण समारोहमा सभामुख देवराज घिमिरे र उपसभामुख इन्दिरा राना अनुपस्थित भएका छन्।

प्रधानमन्त्रीको शपथग्रहणमा समेत अनुपस्थित रहेका राष्ट्रियसभाका अध्यक्ष नारायणप्रसाद दाहाल भने सोमबारको कार्यक्रममा उपस्थित थिए ।

राष्ट्रपति रामचन्द्र पौडेलले प्रधानमन्त्री सुशीला कार्कीको उपस्थितिमा नयाँ मन्त्रीहरूलाई शपथ गराएका हुन् ।

कार्कीले आफु प्रधानमन्त्री हुनेवित्तिकै प्रतिनिधिसभा विघटनको प्रस्ताव गरेकी थिइन । सो प्रस्तावअनुसार राष्ट्रपति पौडेलले आगामी फागुन २१ गते मध्यावधी निर्वाचनको घोषणा गरिसकेका छन् । तर प्रतिनिधिसभा विघटन भए पनि सभामुख र उपसभामुखको पद भने निर्वाचनको उम्मेदवार मनोनयनको दिनसम्म यथावत रहन्छ । जेनजी आन्दोलनपछि सभामुख र उपसभामुख सार्वजनिक कार्यक्रममा देखिएका छैनन ।

राष्ट्रियसभा अध्यक्ष दाहाल भने मन्त्रीहरुको सपथमा उपस्थित भए । संविधान रहँदासम्म संघीय संसदको माथिल्लो सदन राष्ट्रियसभा अविच्छिन्न रुपमा क्रियाशील रहन्छ ।

प्रकाशित मिति : ३० भदौ २०८२, सोमबार  १ : ०५ बजे

नेतृत्व पाएसँगै नवप्रवर्तन मन्त्रालयले थाल्यो काम

काठमाडौं । नेतृत्व पाएसँगै नवगठित विज्ञान, प्रविधि तथा नवप्रवर्तन मन्त्रालयले

प्रतिनिधिसभा बैठक अपराह्न २ बजेका लागि तोकियो

काठमाडौँ । प्रतिनिधिसभाको बैठक आजै अपराह्न २ः०० बजेका लागि तोकिएको

सम्पत्ति विवरण बुझाउने म्याद असार मसान्तसम्म थप

काठमाडौं । सम्पत्ति छानबिन आयोगले सम्पत्ति विवरण बुझाउने म्याद असार

रास्वपाको ‘जान्नेलाई छान्ने’ नारामाथि शंकर पोखरेलको प्रहार

काठमाडौं । नेकपा (एमाले)का महासचिव शंकर पोखरेलले गृहमन्त्रीमा सुधन गुरुङको

विश्वकपअघि अमेरिकी भिसा नीति विवादमा, केही विदेशी अधिकारीलाई प्रवेश निषेध

वासिङ्टन । आगामी विश्वकप फुटबल प्रतियोगिताको तयारी भइरहेका बेला संयुक्त