२१ मंसिर २०८२, आइतबार | December 7, 2025

महान्यायाधिवक्ता भण्डारीद्वारा शपथ ग्रहण



काठमाडौं । प्रधानन्यायाधीश प्रकाशमान सिंह राउतले नवनियुक्त महान्यायाधिवक्ता सविता भण्डारीलाई पद तथा गोपनीयताको शपथ ग्रहण गराएका छन्।

सर्वोच्च अदालतमा प्रधानन्यायाधीश राउतले नवनियुक्त महान्यायाधिवक्ता भण्डारीलाई पद तथा गोपनीयताको शपथ ग्रहण गराएका हुन् ।

वरिष्ठ अधिवक्ता भण्डारीलाई आइतबार राष्ट्रपति रामचन्द्र पौडेलले सरकारको कानुनी सल्लाहकार तथा महान्यायाधिवक्तामा नियुक्त गरेका थिए । नेपालको इतिहासमा उनी पहिलो महिला महान्यायाधिवक्ता बनेकी हुन् ।

प्रधानमन्त्री सुशीला कार्कीकोे सिफारिसमा राष्ट्रपति पौडेलले उनलाई महान्यायाधिवक्ता नियुक्त गरेका थिए। यसअघि, महान्यायाधिवक्ता रमेश बडाल थिए । उनले राजीनामा दिएपछि भण्डारी महान्यायाधिवक्ता भएकी हुन् ।

भण्डारी वरिष्ठ अधिवक्ता कृष्णप्रसाद भण्डारीको छोरी हुन् । यसअघि उनी सूचना आयुक्तसमेत रहिसकेकी छिन् ।

प्रकाशित मिति : ३० भदौ २०८२, सोमबार  २ : ३५ बजे

मधेशका मुख्यमन्त्रीको शपथग्रहण आज

जनकपुरधाम । मधेश प्रदेशका नवनियुक्त मुख्यमन्त्री कृष्णप्रसाद यादवले आज पद

धादिङको चालिसेमा सवारी दुर्घटना हुँदा २ जनाको मृत्यु, ६८ घाइते

काठमाडौं । धादिङको धुनीवेशी नगरपालिका-६, चालिसेमा भएको भीषण सवारी दुर्घटनामा

गोवाको एक नाइट क्लबमा भीषण आगलागी हुँदा २५ जनाको मृत्यु

गोवा । भारतको गोवास्थित एक चर्चित नाइट क्लबमा भीषण आगलागी

बाढीले क्षतिग्रस्त रसुवागढी जलविद्युत मर्मतपछि सञ्चालनमा

काठमाडौं। नेपाल विद्युत प्राधिकरणको सहायक कम्पनी चिलिमे जलविद्युतको अगुवाइमा रसुवामा

आज अन्तरराष्ट्रिय नागरिक उड्डयन दिवस

काठमाडौं । ‘सुरक्षित आकाश’ नाराका साथ आज अन्तरराष्ट्रिय नागरिक उड्डयन