बुटवल । लगातारको वर्षाका कारण पूर्वपश्चिम राजमार्ग अन्तर्गत बुटवल-गोरुसिङ्गे सडकखण्डको बुटवल-१४ तामनगरमा रहेको राजपुर पुल भासिएको छ । पुल भासिएपछि सो खण्डमा सवारी आवागमन पूर्ण रूपमा अवरुद्ध भएको छ ।
पुल भासिएपछि आयोजनाले यात्रु तथा सवारी चालकलाई वैकल्पिक मार्ग प्रयोग गर्न आग्रह गरेको छ । प्रभावित क्षेत्र नजिकैको बस्तीमा सतर्कता अपनाउन स्थानीय प्रशासनले समेत आग्रह गरेको छ ।
हाल प्राविधिक टोली खटाई पुलको क्षति मूल्यांकन भइरहेको र मर्मत तथा पुनर्निर्माणबारे आवश्यक निर्णय गरिने बताइएको छ ।


















प्रतिक्रिया