३१ असार २०८३, बुधबार | July 15, 2026

शिक्षण अस्पतालद्वारा २८ शवको शवपरीक्षण, २३ जनाको शव आफन्तले बुझे



काठमाडौं । त्रिवि शिक्षण अस्पताल महराजगञ्जको फरेन्सिक विभागमा २८ जनाको शवपरीक्षण (पोस्टमार्टम) सकिएको छ ।

अस्पतालमा जेनजी प्रदर्शनमा ज्यान गुमाएकाहरूको हाल शवपरीक्षण कार्य भइरहेको छ । हालसम्म ४६ शवपरीक्षणका लागि अस्पताल ल्याइएको फरेन्सिक विभागका प्रमुख डा गोपाल चौधरीले जानकारी दिए। उनका अनुसार २३ शव आफन्तले बुझेर लगिसकेका छन्भने सात जनाको शव चिन्न नसकिने अवस्थामा रहेको छ । जसका लागि डिएनए परीक्षण आवश्यक हुन्छ । शव चिन्न नसक्ने अवस्थामा भने दाँत परीक्षण, फिङ्गरप्रिन्टबाट शवपरीक्षण गरिन्छ ।

डा चौधरीले भने, “शव गोली लागेको, जलेको र ब्लड इन्जुरी भएका छन् । पोस्टमार्टमका लागि पत्र आएकाको शवपरीक्षण गरिरहेका छौँ ।”

यसैबीच नवनियुक्त ऊर्जा, जलस्रोत तथा सिँचाइ, भौतिक पूर्वाधार तथा यातायात र सहरी विकासमन्त्री कुलमान घिसिङले मृतकका आफन्त र घाइते भेट्न शिक्षण अस्पताल गरेका थिए ।

अस्पतालमा हाल २२ जना उपचाररत छन् ।

प्रकाशित मिति : ३० भदौ २०८२, सोमबार  ४ : ०७ बजे

मध्य र पश्चिम नेपालमा वर्षाको क्रम बढ्दै जाने पूर्वानुमान

काठमाडौँ । मौसमविद्ले आगामी केही दिन मध्य र पश्चिम नेपालमा

बुटवलमा सार्वजनिक भयो नयाँ टीभिएस अपाचे आरटीआर १६० फोर भी

बुटवल । बुटवलमा टीभिएस मोटर कम्पनीले नयाँ टीभिएस अपाचे आरटीआर

न्युयोर्कमा नेपाली–अमेरिकन व्यापार तथा लागानी सम्मेलन हुने

काठमाडौँ । नेपाल र अमेरिकाबीच व्यापार, लगानी, उद्यमशीलता, नवप्रवर्तन तथा

अन्तरराष्ट्रिय सम्मानले उचाल्यो नेपालगन्ज र धारा म्याराथनको साख

नेपालगन्ज । “मैले पनि सोचेको थिएन एम्सले मलाई यसरी सम्मान

अधिक तरलता व्यवस्थापन गर्न राष्ट्र बैंकले फेरि १०० अर्ब रुपैयाँ बजारबाट तान्दै

काठमाडौँ । बैंकिङ प्रणालीमा तरलता उच्च स्तरमा पुगेपछि नेपाल राष्ट्र