७ माघ २०८२, बुधबार | January 21, 2026

खरानीको थुप्रोबाट संविधान दिवस मनाउँछौं : शंकर पोखरेल 



काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (एमाले)का महासचिव शङ्कर पोखरेलले ललितपुरको च्यासलस्थित एमालेको केन्द्रीय कार्यालयको अनुगमन गरेका छन् ।
महासचिव पोखरेलले आज कार्यालय पुगी ‘जेनजी प्रदर्शनका क्रममा क्षति पुगेको कार्यालयको अनुगमन गरेका हुन् । उनका साथमा केन्द्रीय सदस्य निरज आचार्यसमेत थिए ।
त्यसक्रममा महासचिव पोखरेलले क्षतिग्रस्त भएको पार्टी कार्यालयको पुनर्निर्माण थाल्न निर्देशन दिए  । उनले  आउँदो असोज ३ गते खरानीको थुप्रोबाट नै संविधान दिवस मनाउने बताए ।
कार्की सरकारले भ्रष्टाचार अन्त्य र सुशासनका कदम अघि बढाउँदा एमालेले सहयोग गर्ने उनले बताए । उनले लक्ष्यअनुसार समयमै निर्वाचन गराउन सरकार केन्द्रित हुने आशा व्यक्त गरे ।
यही भदौ २४ गते जेनजी प्रदर्शनका क्रममा एमाले पार्टी कार्यालयमा तोडफाड र आगजनी भएको थियो । आगजनी र तोडफोडबाट पार्टी कार्यालय पूर्ण रूपमा ध्वस्त भएको छ ।

प्रकाशित मिति : ३० भदौ २०८२, सोमबार  ४ : ३२ बजे

बाँकेमा १६ औं शृङ्खलामा हात्तीपाइले रोग विरुद्ध औषधि सेवन गराईँदै

नेपालगन्ज । बाँकेमा ६२ प्रतिशत नागरिकको पहुँचमा मात्र हात्तीपाइले रोग

घोषणापत्रमा निजी क्षेत्रका एजेण्डालाई प्राथमिकता दिइयोस् : अध्यक्ष ढकाल

काठमाडौँ । नेपाल उद्योग वाणिज्य महासङ्घका अध्यक्ष चन्द्रप्रसाद ढकालले सबै

राष्ट्रिय सुरक्षाका विषयमा साझा बुझाइ हुनुपर्छ : प्रधानसेनापति

काठमाडौँ । प्रधानसेनापति अशोकराज सिग्देलले वर्तमान अन्तरराष्ट्रिय तथा क्षेत्रीय सुरक्षाको

रिडीघाट जाँदै गरेको मलामी बोकेको जिप दुर्घटनामा एकको मृत्यु

पाल्पा । पाल्पाको रिब्दिकोट गाउँपालिका–१ ख्याहाको जोगीथुमबाट मलामी बोकेर रिडीघाटतर्फ

एसईई परीक्षा चैत १९ देखि २९ सम्म सञ्चालन हुने

काठमाडौं । यसवर्षको एसईई चैत १९ देखि २९ गतेसम्म सञ्चालन