२१ मंसिर २०८२, आइतबार | December 7, 2025

आपराधिक गतिविधिमा संलग्नलाई कानुनबमोजिम कारबाही गर्नुपर्नेमा रास्वपाको जोड



काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले ‘जेनजी’ आन्दोलनका क्रममा भएका आपराधिक गतिविधिमा संलग्न जोकोहीलाई कानुनबमोजिम कारबाही गर्नुपर्ने बताएको छ ।

आज एक विज्ञप्तिमार्फत रास्वपाले सार्वजनिक तथा निजी सम्पत्ति तोडफोड, चोरी, लुटपाट तथा आगजनीजस्ता आपराधिक गतिविधिमा संलग्नलाई कारबाहीको दायरामा ल्याउनपर्नेमा जोड दिएको छ ।

“आपराधिक गतिविधिमा संलग्नलाई कानुनबमोजिम हदैसम्मको कारबाही गरिनुपर्दछ । राष्ट्रिय स्वतन्त्र पार्टीको तर्फबाट त्यस प्रक्रियामा पूर्ण प्रतिबद्धता व्यक्त गर्दछौँ”, विज्ञप्तिमा भनिएको छ ।

आफूहरू लोकतन्त्र, सुसंस्कृत राजनीति र शान्तिपूर्ण प्रदर्शनको पक्षमा रहेको स्पष्ट गर्दै उक्त पार्टीले कुनै पनि बहानामा हिंसात्मक प्रदर्शनको मार्ग नलिने पार्टीको नीति रहेको स्मरण गराएको छ ।

प्रकाशित मिति : ३० भदौ २०८२, सोमबार  १० : १० बजे

मधेशका मुख्यमन्त्रीको शपथग्रहण आज

जनकपुरधाम । मधेश प्रदेशका नवनियुक्त मुख्यमन्त्री कृष्णप्रसाद यादवले आज पद

धादिङको चालिसेमा सवारी दुर्घटना हुँदा २ जनाको मृत्यु, ६८ घाइते

काठमाडौं । धादिङको धुनीवेशी नगरपालिका-६, चालिसेमा भएको भीषण सवारी दुर्घटनामा

गोवाको एक नाइट क्लबमा भीषण आगलागी हुँदा २५ जनाको मृत्यु

गोवा । भारतको गोवास्थित एक चर्चित नाइट क्लबमा भीषण आगलागी

बाढीले क्षतिग्रस्त रसुवागढी जलविद्युत मर्मतपछि सञ्चालनमा

काठमाडौं। नेपाल विद्युत प्राधिकरणको सहायक कम्पनी चिलिमे जलविद्युतको अगुवाइमा रसुवामा

आज अन्तरराष्ट्रिय नागरिक उड्डयन दिवस

काठमाडौं । ‘सुरक्षित आकाश’ नाराका साथ आज अन्तरराष्ट्रिय नागरिक उड्डयन