३१ असार २०८३, बुधबार | July 15, 2026

आपराधिक गतिविधिमा संलग्नलाई कानुनबमोजिम कारबाही गर्नुपर्नेमा रास्वपाको जोड



काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले ‘जेनजी’ आन्दोलनका क्रममा भएका आपराधिक गतिविधिमा संलग्न जोकोहीलाई कानुनबमोजिम कारबाही गर्नुपर्ने बताएको छ ।

आज एक विज्ञप्तिमार्फत रास्वपाले सार्वजनिक तथा निजी सम्पत्ति तोडफोड, चोरी, लुटपाट तथा आगजनीजस्ता आपराधिक गतिविधिमा संलग्नलाई कारबाहीको दायरामा ल्याउनपर्नेमा जोड दिएको छ ।

“आपराधिक गतिविधिमा संलग्नलाई कानुनबमोजिम हदैसम्मको कारबाही गरिनुपर्दछ । राष्ट्रिय स्वतन्त्र पार्टीको तर्फबाट त्यस प्रक्रियामा पूर्ण प्रतिबद्धता व्यक्त गर्दछौँ”, विज्ञप्तिमा भनिएको छ ।

आफूहरू लोकतन्त्र, सुसंस्कृत राजनीति र शान्तिपूर्ण प्रदर्शनको पक्षमा रहेको स्पष्ट गर्दै उक्त पार्टीले कुनै पनि बहानामा हिंसात्मक प्रदर्शनको मार्ग नलिने पार्टीको नीति रहेको स्मरण गराएको छ ।

प्रकाशित मिति : ३० भदौ २०८२, सोमबार  १० : १० बजे

निजी क्षेत्रलाई सरकारले उच्च प्राथमिकता दिएको छ : प्रधानमन्त्री

काठमाडौं । प्रधानमन्त्री वालेन्द्र शाहले देशको पर्यटन प्रवर्द्धनका निम्ति द्रुत

बुटवलमा नक्कली नोट छाप्ने गिरोह पक्राउ, ६ लाखभन्दा बढी नक्कली नोट बरामद

बुटवल । रुपन्देहीको बुटवल उपमहानगरपालिका-६ नेपालगञ्जरोडस्थित एक पसलबाट नक्कली नेपाली

एक खर्ब निक्षेप सङ्कलन गर्न राष्ट्र बैंकको बोलकबोल आह्वान

काठमाडौं । नेपाल राष्ट्र बैंकले रु एक खर्ब बराबरको निक्षेप

उचित मूल्य र बजार नपाएको भन्दै माईतीघरमा गोलभेँडा फालेर किसानको प्रदर्शन

काठमाडौं । स्वदेशी कृषि उत्पादनले उचित मूल्य र बजार नपाएको

ग्यासमा हुने कालोबजारी र पुराना सिलिन्डर नियन्त्रण गर्न समितिको निर्देशन

काठमाडौँ । प्रतिनिधिसभा, उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ताहित