११ भदौ २०८३, बिहिबार | August 27, 2026

प्रधानमन्त्री कार्कीसँग भारतीय राजदूतको भेट



काठमाडौं । प्रधानमन्त्री सुशीला कार्कीसँग नेपालका लागि भारतीय राजदूत नवीन श्रीवास्तवले शिष्टाचार भेट गरेका छन । सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा आज भएको भेटमा उनीहरूबीच द्विपक्षीय हित र आपसी चासोका विविध विषयमा छलफल भएको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ ।

भेटमा प्रधानमन्त्री कार्कीले वर्तमान सरकारको प्रमुख कार्यदेश निर्वाचन गर्नुभएकाले त्यसमा सहयोगका लागि आग्रह गरेका थिए ।

सो अवसरमा राजदूत श्रीवास्तवले प्रधानमन्त्री कार्कीलाई नेपालको प्रधानमन्त्री पदमा नियुक्त भएकोमा भारतका प्रधानमन्त्री नरेन्द्र मोदीको बधाई सन्देश हस्तान्तरण गरेका थिए ।

परराष्ट्र मन्त्रालयका अनुसार प्रधानमन्त्री मोदीको सन्देशमा नेपाल–भारतबीचको मित्रता र सहयोगको सम्बन्धलाई थप सुदृढ गर्न मिलेर काम गर्ने प्रतिबद्धता व्यक्त गरिएको छ ।

राजदूत श्रीवास्तवले असल छिमेकीको नाताले नेपालको आवश्यकताअनुसार भारतको सहयोग रहने प्रतिबद्धता व्यक्त गरेका थिए । त्यस अवसरमा उनले आगामी असोज २ गते भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले प्रधानमन्त्री कार्कीसँग टेलिफोन वार्ता गर्ने तयारी गरिएको जानकारी गराए ।

प्रकाशित मिति : ३१ भदौ २०८२, मंगलबार  ६ : १९ बजे

भोटेकोशी बाढी : हालसम्म मृत्युहुनेहरुको संख्या १ सय जना पुग्यो

काठमाडौं । रसुवामा आएको विनाशकारी बाढीका कारण बुधबार राति २०:३०

भारत सरकारले पठायो १० टन राहत सामग्री

काठमाडौँ । भारत सरकारले रसुवाका बाढी प्रभावितका लागि १० टन

सभापति लामिछानेले बोलाए सर्वदलीय बैठक

काठमाडा्रैं । भोटेकोसी बाढीको क्षति, खोजी, उद्धार, राहत र पुनर्स्थापनाका

भोटेकोशी बाढी : ९५ जनको मृत्यु भएको पुष्टि, ठुलो संख्यामा सम्पर्क बिहिन

काठमाडौं । रसुवास्थित भोटेकोसीमा आएको बाढीमा परि ९५ जनाको मृत्यु

एनआरएनएले पाँच करोड बराबरको आर्थिक सहयोग गर्ने निर्णय

काठमाडौँ । गैरआवासीय नेपाली सङ्घ (एनआरएनए)ले भोटेकोशी नदीमा आएको बाढीबाट